ठूलो हृदयका यी नवनिर्वाचित नगरप्रमुख, जसले फिल्मी शैलीमा विद्युत् महसुल तिर्नै नपर्ने बनाइदिए — OSNepal

ठूलो हृदयका यी नवनिर्वाचित नगरप्रमुख, जसले फिल्मी शैलीमा विद्युत् महसुल तिर्नै नपर्ने बनाइदिए

LC (KTM) May 28, 2022 0

वीरगञ्ज, १४ जेठ -नवनिर्वाचित नगरप्रमुख, जसले फिल्मी शैलीमा विद्युत् महसुल तिर्ने नपर्ने बताइदिए, नगरवासी छन् खुशीले फुरुगं
मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्न भएको छ । महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पहिलो निर्णयानुसार मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने भएको हो ।

विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताउनुभयो । यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट माईस्थान चोकसम्मको कालोपत्र सडकलाई विभागको सहमतिमा मर्मतसम्भारको काम अघि बढाउनेसमेत निर्णय गर्नुभयो ।त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडकखण्डको कालोपत्र बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मतसम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर