खानाका लागि भागदौड मच्चिदा नाइजेरियामा ३१ जनाको मृत्यु — OSNepal

खानाका लागि भागदौड मच्चिदा नाइजेरियामा ३१ जनाको मृत्यु

LC (KTM) May 28, 2022 0

नाइजेरियाको एउटा चर्चमा भागदौड मच्चिदा किचिएर ३१ जनाले ज्यान गुमाएका छन् । भागदौडमा परि अन्य ११ जना घाइते भएका छन् । नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको पोर्ट हार्कोट शहरमा रहेको चर्चमा यो घटना भएको हो । चर्चमा खाना लिन पुगेकाहरुले ढोका फोरेर एकै पटक भित्र छिरेपछि भागदौड मच्चिदा किचिएर उनीहरुको ज्यान गएको हो ।

‘मानिसहरु त्यहाँ बिहानैदेखि भेला भएका थिए, उनीहरु यति हतारिए कि, उनीहरु भित्र छिर्न दौडिए, त्यसपछि घटना भयो,’ प्रहरी प्रवक्ता ग्रेस इरिङ कोकोले भने । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ । उक्त चर्चमा निशुल्क खाना पाईने सुचना पाए पछि त्यहाँ मानिसहरुको भिड जम्मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर