बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट — OSNepal

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

LC (KTM) May 28, 2022 0

बारा, १४ जेठ :

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठक्कर ठोक्किँदा दुर्घटना भएको छ । दुई ट्रक मध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर-२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् ।

हेटौंडाबाट बारा आउँदै गरेको ना६ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ४२४२ नम्बरको मिनी ट्रक पुलको मोडमा ठोक्किएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ना६ख ३२८६ नम्बरको ट्रकको तार सट भई जलेर नष्ट भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर