एक नेपाली बराबर ६३ हजार ३१० रुपैया ऋणको भार — OSNepal

एक नेपाली बराबर ६३ हजार ३१० रुपैया ऋणको भार

LC (KTM) May 28, 2022 0

पछिल्लो समय सरकारले बजेटको तयारी गरिरहेको छ । यसैक्रममा नेपालको सार्वजनिक ऋण बढ्दै गएको देखिएको छ । अहिले सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यसको आधारमा हिसाब गर्दा हरेक नेपालीको भागमा सार्वजनिक ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । यो तथ्यांक अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २बाट प्राप्त भएको हो ।

फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो । यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रत्येक व्यक्तिमा ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ । अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर