कोरोना पछि बिश्वभर फैलिदै गरेको रोग मंकीपक्सको लक्षणहरु यस्ता छन् , यति गरे सजिलै बच्न सकिन्छ — OSNepal

कोरोना पछि बिश्वभर फैलिदै गरेको रोग मंकीपक्सको लक्षणहरु यस्ता छन् , यति गरे सजिलै बच्न सकिन्छ

LC (KTM) May 28, 2022 0

कोरोनाको संक्रमणबाट बिश्व जगत मुक्त हुन लागिरहेका बेला अहिले फेरी नयाँ रोग मंकिपक्स देखिएको छ । बिश्वभर यसको संक्रमण फैलिरहेकाले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह समेत गरिसकेको छ । यो रोग बिफर रोग जस्तै रहेको बिज्ञहरुको भनाई छ । अहिले सम्ममा बिश्वका बिभिन्न २० देशमा फैलिसकेको छ ।

लक्षण तथा मृत्युदर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता समस्या देखापर्ने गरेका छन् । उनले यो संक्रमण अधिकांश बालबालिकाहरूमा देखापर्ने भएको जानकारी दिदै बालबालिकाको स्वास्थ्यमा बिशेष ख्याल गर्न आग्रह गरे । मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको छ । मंकिपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफैं हराएर जानसक्ने भएकाले डराउन आवश्यक छैन । मंकीपक्स भएको तीनदेखि ४ सातासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको अधिकारीले जानकारी दिए ।

बच्ने उपाय

मंकिपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए ।उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हपता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए ।

उत्पत्ति

मंकीपग्स मध्य र पश्चिमी अफ्रिकी देशहरूका घना जंगलमा रहेका जनावरहरूको सम्पर्कमा आउने मानिसहरूमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातीका जनावरहरूमा यसको भाइरस बढी रहने गरेको छ । ती जनावरहरूको शरीरबाट निस्किएका थुकका छिटाहरू, (याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरूको मासु प्रयोग गर्ने मानिसहरूमा यो संक्रमण हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर