धेरै खेल जितेर नै फर्कन्छौ -नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने — OSNepal

धेरै खेल जितेर नै फर्कन्छौ -नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने

LC (KTM) May 28, 2022 0

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय सिरिजमा सके सम्म धेरै खेल जितेर फर्कने बताएका छन् । अमेरिकामा प्रस्थान गर्नु अघि नेपाल क्रिकेट संघ क्यानले बिदाई कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त बिदाइ कार्यक्रममा बोल्दै सन्दीपले धेरै खेल जितेर फर्कने बताएका हुन् । उनले जसरि पनि राम्रो प्रदर्शन गरेर नेपाललाई जित दिलाउने बिश्वास ब्यक्त गरे । साथै उनले अन्य आउने खेलहरुमा धेरै भन्दा धेरै अंक ल्याएर अगाडी बाड्ने लक्ष्य रहेको समेत सुनाए । सन्दीपले भने, मलाई विश्वास छ यो मेहेनतले उमङ्ग ल्याएर आउने छ र हामी धेरै भन्दा धेरै खेल जितेर फर्कने छौँ ।

सिरिज अन्र्तगत नेपालले अमेरिका र ओमानसँग दुई दुई खेल खेल्नेछ । नेपालले पहिलो खेल ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर