घरमै बोलाएर ४४ बर्षिय पुरुषले १४ बर्षीया किशोरीलाई करणी गरेपछि — OSNepal

घरमै बोलाएर ४४ बर्षिय पुरुषले १४ बर्षीया किशोरीलाई करणी गरेपछि

LC (KTM) May 28, 2022 0

पछिल्लो समय जबरजस्ती करणीका घटनाहरु बढि रहेका छन् । ओखलढुंगामा एक १४ वर्षीया बालिकालाई ४४ बर्षीय पुरुषले जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ । करणीको अभियोगमा ४४ वर्षीय तारानाथ पोखरेललाई पक्राउ गरिएको छ।​​ मोलुङ गाउँपालिका ५ बस्ने ४४ वर्षीय पोखरेललाई पक्राउ गरेको हो।

पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेका थिए । करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर