महानगरको नेतृत्वले सिस्टमा बसेर पोलिसि बनाए बालेन साहलाई साथ दिइन्छन नभए हावाबाट आएका बालेन हावाबाटै जानेछन् — OSNepal

महानगरको नेतृत्वले सिस्टमा बसेर पोलिसि बनाए बालेन साहलाई साथ दिइन्छन नभए हावाबाट आएका बालेन हावाबाटै जानेछन्

LC (KTM) May 29, 2022 0

काठमाडौं १५ जेठ । काठमाडौं महानगरको वडा नम्बर २९ मा दोस्रो कार्यकालको लागि पनि नेपाली कांग्रेसका कुश ढकाल निर्वाचित भएका छन् । यस पटक भने उनलाई चुनाव जित्न हम्मे हम्मे नै परेको थियो । जम्मा ५० मतान्तरले विजयी भएका उनलाई वडा वासीले फेरि एक पटक वडाको नेतृत्वमा चुनेका छन् ।

यस भन्दा अघि उनले बाटो ढलान , पिचजस्ता काम सम्मन्न गरिसकेका छन् । अबको पाँच वर्षमा आफुले यो भन्दा अगाडी वडा अध्यक्ष भएर गर्न नसेकेको काग गरेर देखाउने दावी समेत गरेका छन् । साथै उनले काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी भएका बालेन साहलार्य पनि चुनौती नै दिएका छन् ,। राम्रो काम गरे साथ दिने यदि नगरे हावाबाट आएका बालेन हावाबाटै जान्छन् भनेका छन् ।

प्रस्तुत छ, काठमाडौं महानगर वडा २९ का नवनिर्वाचित वडाअध्यक्ष कुश ढकालसँग उनको अबको पाँच वर्षे योजनाको विषयमा ओएस नेपालका सञ्चारकर्मी सुमन सापकोटा र कविता घिमिरेको कुराकानी ;

जम्मा ५० मतले बाजी मार्नुभयो रु यो पटक निकै हम्मे हम्मे पर्यो है तपाईलाई ? एमालेका शिवराम राजवशीं श्रेष्ठलाई झिनो मतान्तरले पराजित पार्नु भयो ?

हैन, अब यो प्रतिस्पर्धा भएको हो, यो रोमाञ्चक पनि भयो , रमाइलो पनि भो तनाव पनि भो , यो यस्तै हो ।

बदर मत पनि मेरै हो भन्ने तपाईंको दाबी हो ?

हैन, त्यो अब हामी दुवैको हो, उहाँको पनि हो, मेरो पनि हो, यसमा मेरो भन्न मिल्दैन ।

एमालेकै मत तानेर जित्ने तपाईंको रणनीति र एमालेभित्र एउटा समूह तपाईंलाई जिताउन लागि परेको छ भन्ने आरोपबीच पनि त तालमेल होला नि ?

त्यो अब कांग्रेस भित्रको ठुलो समुहले उहाँलाई सहयोग गर्यो । मलाई पनि एमालेको भित्रको सानो समुहले सहयोग गरेको हो ।

नतिजा आउनु अघिल्लो दिन तपाईले आफ्ना प्रतिस्पर्धीलाई मैले ५० भोटले जितिसके भनेर के आधारमा भन्नुभयो ?

छैन , छैन यो विकुलै गलत हो । मैले केहि पनि भनेको छैन । म मौन भएर घरमा नै बसे, म भोट गन्ने स्थानमा समेत एक पटक गइन् ।

तर, यो चुनाव आफ्नो पक्षमा पार्न तपाईंले बढी आर्थिक चलखेल गर्नुभयो भन्ने आरोप लगाउनेहरुलाई के भन्नुहुन्छ ?

होइन, मेरो कुरा गर्नुहुन्छ भने म पैसा खर्च गरेर चुनाव लड्नु परे म चुनाव नै लड्दिन । हो अब साथीभाइलाई खाजा खर्च खुवाउने छुट्टै कुरो हो, त्यसमा अलिअलि खर्च गरियो । नभए त्यसैरी पैसा खर्च गरेर नेपाली कांग्रेसको सिद्धान्तमा लागेको मान्छे हामीले यसो गर्दैनौं, त्यो भटाहा हो ।

तपाईले वडा २९ मा मुस्किलले जित हाँसिल गर्दा महानगरमा स्वतन्त्र बालेन शाहहरुको उदय भएको छ ? सिर्जना सिंह के गलत पात्र भएका कारण पराजय बेहोरेकी हुन् ? के काँग्रेसले पूर्व उपमेयर हरिप्रभा खड्का जस्ता उम्मेद्धवारलाई टिकट दिनुपथ्यो जस्तो लाग्दैन तपाईलाई ?

हैन ,त्यो कुरा, बालेन साह भनेको पहिला पञ्चायतको विरोधमा पनि नानी मैया दाहालले एक चोटी मान्यमा जित्नुभाथ्यो बालेन साह भनेको पनि अहिलेको पद्धति सिस्टमसँग जनता रिसाएर रिस पोखेको मात्र हो । बालेन साहले पनि कुनै चमत्कार गर्न सक्नु हुन्न, उहाँले चमत्कार नै गर्न त महानगर भित्रबाट बहुमत ल्याउनु पर्यो , नभए त काम गरे साथ सहयोग गछौं, नभए हावाबाट आएको बालेन हावैबाट जानेछन् । हामीले के भनेको छौंं भने उहाँले राम्रोकाम गरे साथ सहयोग गछौं, उहाँलाई कांग्रेसले मात्र होइन एमालेले पनि सहयोग गर्छ ।

बालेनले त ६१ हजार भन्दा बढी मत ल्याएर आफै ड्राइभर चालक भएपछि पनि यस्तो काम गर्न गाह्रो हुन्छ र ?

कार्यसमितिमा एक्लो हुनुहुन्छ, काम गर्न बहुमत चाहिन्छ । महानगरमा काम गर्न बहुमत चाहिन्छ, किनभने मान्छेलाई पिडा भइसकेको छ । फोहोर व्यवस्थापन , धुलो , धुवा लाइट सबैकाम गरे साथ दिने हो हृदयपुर्वक सहयोग पनि गर्ने हो, कर्मचारी तन्त्र ठिक नभएर सम्म बालेन , हर्क आएर केहि हुँदै न ।

गएको पाच वर्षमा के काम गर्नु भयो अब को पाँच वर्षमा के गर्नुहुन्छ कस्तो बनाउनु हुन्छ आफ्नो वडालाई ?

हामीले टालटुले काम लगभग सकिसकेका छौं , सजमा ढल, मंगल, पिच , ढलान अब यतिले मात्र आधुनिक शहरलाई सुरक्षित शहर बनाउन नपुग्ने भएकाले ठाउँ ठाउँमा सिसिटिभी जडान , वाइफाइन जो बनाउनु पर्यो , सडकमा उज्यालो हुनुपर्यो , ठाउँठाउँमा पार्क , फुटसल बनाउनु पर्यो निशुल्क शौचालय छैन त्यसको निमार्ण गर्नुपर्यो , धेरै काम बाँकी तर असम्भव भने केहि पनि छैन ।

पाँच वर्षको कार्यकालमा यो सबै गर्न सक्नुहुन्छ त ?
सबै गर्न सक्छु , सबैले मिलेर गर्नुपर्यो , सिस्टम बनाउनु पर्यो । महानगरको भुमिका समन्वयन हुनुपर्यो, सिस्टम बनाए हामी सर्पोट गर्छौ ,टिमवर्क बनाएर जान्छु , नभएर हावाबाट आएको बालेन हावामै जान्छन् । तपाईको असम्भव भन्ने कुरा केहि छैन ।

एउटा प्राइफेट स्कुलले खर्च धान्नै नसक्ने गरी शुल्क लिहिरँदा यसको विषयमा तपाईले के सोच्नु भएको छ , यसमा सर्वसुलभ बनाउन सकिँदैन ?

अब हेर्नुस् यो जनताको जिवन यापनमा क्रिमिनल अपराध बढ्ने भनेकै शिक्षा र स्वास्थ्य हो । यो दुवै माफियाको कब्जामा छ । यो सबैलाई थाहा छ । यो माफियाबाट मुक्त गर्न एक जना बालेन साहले , एक जना कुश ढकालले सक्दैन , यसको लागि सबै मिलेर गर्नुपर्छ ।

प्राइभेट त माफियोको कब्जामा होला सामुदायिक स्कुलहरुलाई राजनिति मुक्त गर्नुपर्यो ?

हामी उल्टो दिशामा बगिराछौं , सबै म्यानेजेल छ सबै घरबाट आमुल सुधारको आवश्यक छ ।पाँच वर्ष वडा अध्यक्ष चलाएको नाताले के अनुभव गरेको छु भने, हामी उल्टो दिशामा बगिराछौं सुल्टोमा बग्नुपर्ने उल्टोमा बगेर समस्या आएको हो । अब हामी सुल्टो दिशामा बगेऔं भने धरै कुरामा सुधार ल्याउन सक्छौं । सबैकुरा म्यानेजल पनि छ काठमाडौं सफा सुग्गर , धुलो धुवाँ रहित हुन्छ , उज्यालो पनि हुन्छ , हराभरा पनि हुन्छ । तर, गर्छु भन्ने साहाश र आँट चाहियो ।

तपाई दोस्रो पटक निर्वाचित भइरहँदा पनि तपाईकै वडामा पनि बाटोमा फोहोर थुप्रिरहेको छ नि ?

त्यसको लागि मैले मात्र होइन् सबैले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्यो । पहिलो त फोहोर उठाउने घर बाटै सिस्टममा परिर्वतन गर्नुपर्छ , कुहिने फोहोर र नकुहिने फोहोर छुट्टयाउनु पर्यो । कुहिने फोहोरबाट मल ननिकाल्नु पर्यो , अब नयाँ तरिबाट जानुपर्छ

अब दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ अब पहिलो प्राथमिकता केलाई दिनुहुन्छ ?

मैले जे गर्न सक्ने त्यो पाँच वर्षे को कार्यलकालमा गरे अब बाँकी रहेका अधुरा अपुरा काम गर्छु , गर्न नसकेका गर्छु वडा अध्यक्ष भएर पनि गर्न नसकेको काम अब म गर्छु , सबै वडाको समस्या भनेको एउटै हो । फोहोर , धुवा धुलो , खानेपानी , घर भाडा मन लागेको लिने , ट्याक्सी भाडा मन लागेको अशुल गर्ने यसको लागि काठमाडौं महानगरबाटै एउटा पोलिस बन्नुपर्छ । जुन पोसिलि पहिलेका काठमाडौंका मेयर विद्या सुन्दर शाक्यमा देखिएन त्यो पोलिसी बनाउने नेतृत्व भए अबको पाँच वर्षमा काठमाडौं हराभरा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर