काठमाडौं ३१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपाल बिच भेटवार्ता भएको छ । नेपाललाई भेट्न देउवा आज साँझ कोटेश्वर पुगेका हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समुहका २३ जना सांसदहरुले हस्ताक्षर गरेका थिए । यता प्रधानमन्त्री समेत रहेका केपी ओलीले भने पार्टीलाई जेठ २ को अवस्थामा लैजान लचिलो भएको अवस्थामा देउवा भने नेपालको समर्थनको विषयलाई लिएर गम्भिर बनेका छन् ।
नयाँ पार्टी खोल्न समेत तयारी गरिरहेका नेपाललाई ओली फकाउने दाउमा छन् ।