रहेनन् ३९ पत्नी र २ सय सन्तानका अविभावक, चार तल्ले विशाल घरमा अटेका थिए सबै — OSNepal

रहेनन् ३९ पत्नी र २ सय सन्तानका अविभावक, चार तल्ले विशाल घरमा अटेका थिए सबै

LC (KTM) June 14, 2021 0

एजेन्सी । ३९ पत्नी र २ सय जति सन्तानका अविभावक जिओनाको ७६ वर्षको उमेरमा निधन भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार मधुमेहका विरामी उनको सोही रोगका कारण उपचारका क्रममा निधन भएको हो ।

भारतको मिजोरामको अइजालस्थित अस्पतालमा जिओनाको निधन भएको बताइउको छ । चुआन थार तिआननुम गाउँमा बसोबास गर्दै आएका जिओनाका ३९ पत्नीसहित सन्तान दरसन्तान एउटै घरमा अझै बस्थे ।

उनको देहवसानपछि पनि सबै पत्निलाई मिलेर बस्न उनले आग्रह गर्दै आएका थिए । पतिको भनाईलाई सबै पत्निले आदर गर्दै बस्ने जनाएका छन् । उनले पहिलो पत्नीसँग १५ वर्षको उमेरमा सन् १९५९ मा विवाह गरेका थिए ।

२४ वर्षको उमेरमा दोस्रो विवाह गरे । पछिल्लो विवाह उनले २५ वर्षीया युवतीसँग सन् २००४ मा विवाह गरे । चार तल्ले विशाल घरमा अझैपनि १६२ जना बस्दै आएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । उनको ठूलो आकारको परिवार हेर्नका लागि मानिसहरु टाढा टाढाबाट जाने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर