तारा एयरको एयर होस्टेस कृष्मी थापाकी आमा छोरीलाई सम्झेर भावविब्हल — OSNepal

तारा एयरको एयर होस्टेस कृष्मी थापाकी आमा छोरीलाई सम्झेर भावविब्हल

LC (KTM) May 30, 2022 0

पोखरा- आइतबार पोखराबाट जोमसोम उडानका क्रममा मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको एयर होस्टेस कृष्मी थापाकी आमा सोमबार पोखरामा छोरीलाई सम्झेर भावव्हिल हुँदै । तस्वीर : राधिका कँडेल, रासस

ढोरपाटन नगरपालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले बागलुङको ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आज प्रशिक्षण दिएको छ । निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिबद्धतासँगै जनताका आवश्यकतालाई जनप्रतिनिधिले सम्बोधन गर्नुपर्ने जिम्मेवारी एवं दायित्वबारे उनीहरूलाई बोध गराउने उद्देश्यका साथ प्रशिक्षण दिइएको हो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जनप्रतिनिधिहरूले जनताको भावनालाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जनताको विश्वास जित्नेगरी काममा जुट्न आग्रह गर्दै उहाँले जनताको शासक नभई सेवक हुँ भन्ने भावनाका साथ क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

ढोरपाटन नगरपालिकाका नवनिर्वाचित उपप्रमुख धनबहादुर कायतले जनअपेक्षाअनुसार काम गर्ने कुरामा आफूहरू दृढ रहेको बताउनुभयो । पोखरा र ढोरपाटनलाई पर्यटकीयरूपमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रशिक्षण विभागका उपप्रमुख प्रा डा कुसुमाकर न्यौपानेले नेपाली कांग्रेसको सङ्कल्प र जनप्रतिनिधिको दायित्व सम्बन्धमा प्रशिक्षण दिनुभयो ।

उक्त अवसरमा स्थानीय जनप्रतिनिधिले जान्नुपर्ने कानूनी विषयमा कपिलमणि दाहाल, नेपाली कांग्रेसको सङ्कल्प र योजना, प्रशासन र आर्थिक कारोबार सम्बन्धमा जयराम पौडेल, जनप्रतिनिधिमा हुनुपर्ने नैतिकता,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर