• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

चतुवाले साढे दुई बर्षिय बालिकालाई टपक्क टिपेर लैजान लाग्दा आमाले देखेपछि

चतुवाले साढे दुई बर्षिय बालिकालाई टपक्क टिपेर लैजान लाग्दा आमाले देखेपछि


  • ओएसनेपाल
  • असार १ २०७८, मंगलबार
  • २:५६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 17.5K
    SHARES

    चितुवाको आक्रमणबाट घाइते भएकी व्यासनगरपालिका–१२ स्थित देउराली निवासी मधु परियारको साढे दुई बर्षिय छोरीलाई आक्रमण गरी घाइते बनाएपछि दमौली अस्पतालमा उपचार गरिँदै ।

    छोरी अनुष्कालाई चितुवाले आइतबार साँझ तानेर लगेपछि आमा मधुले चितुवाबाट खोसेर बचाउन सफल भएकी हुन् । बालिकाको चिउँडो, छाती र घाँटीमा चोट लागेपनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    पहिरोका कारण मध्यपहाडी लोकमार्ग र बेनी मालढुङ्गा सडक अवरुद्ध-:लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने उहाँले बताउनुभयो ।

    यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्ध भएको छ । जलजला गाउँपालिका–८ नाङ्लीवाङको फर्से, वडा नं ७ को केराबारी र वडा नं ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गए रातिदेखि नै सडक अवरुद्ध भए पनि वर्षा निरन्तर जारी रहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल खुलाउन सकिएको छैन ।

    वर्षा रोकिनेबित्तिकै सबै सडकमा डोजर लगाएर खुलाइने भएको छ । अहिले डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । सडक बन्द हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङबाट छुटेका मालवाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा अलपत्र बनेका छन् ।

    यसैगरी दक्षिण पर्वतको हुवास–वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस क्षेत्रमा शनिबारदेखि जारी वर्षा रोकिएको छैन ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com