मोडल निशाको हालत देखेपछि भक्कानिइन् आँचल, शिवले पनि मन संहाल्न नसकेपछि गरे निशालाई सहयोग — OSNepal

मोडल निशाको हालत देखेपछि भक्कानिइन् आँचल, शिवले पनि मन संहाल्न नसकेपछि गरे निशालाई सहयोग

LC (KTM) June 15, 2021 0

दुर्घटनामा परेर थलिएकी मोडल तथा अभिनेत्री निशा घिमिरेलाई बिभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । उनलाई बिशेष गरी कलाकारहरुले ब्यक्तिगत रुपमै आर्थिक सहयोग गर्न सुरु गरेका हुन् ।

यसैक्रममा युवा पूस्ता माझ निकै लोकप्रिय गायक शिव परियारले पनि निशालाई आर्थिक सहयोग गरेका छन् । उनले नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल घिमिरेलाई नगद दश हजार रुपैयाँ सहयोग गरेका हुन् ।

गायक परियारले निशाको बुवा प्रेम प्रसाद घिमिरेको सनराईज बैंकको खातामा १० हजार रुपैया हाल्दिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । गायक परियारले ईच्छुक कलाकार साथीहरुले पनि यस्तो समयमा एउटा कलाकार हुनुको दायित्व पुरा गर्न उनले फेसबुक मार्फत अनुरोध गरेका छन् । उनले निशा बहिनीको बुवाको खातामा आर्थिक सहयोग गर्न सक्ने तर्फ सबैलाई जानकारी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर