कुखुरालाई खुवाइने दाना कतै विष त भएको छैन ? किन भटाभट मर्दै छन् कुखुरा — OSNepal

कुखुरालाई खुवाइने दाना कतै विष त भएको छैन ? किन भटाभट मर्दै छन् कुखुरा

LC (KTM) June 15, 2021 0

शक्ति वा पोषणको स्रोतका लागि कुखुरालाई दाना खुवाइन्छ तर त्यही दाना कतै वि’ष भइरहेको त छैन रु विभिन्न सरुवा रोग लागेर धमाधम कुखुरा म’र्न थालेपछि अहिले व्यवसायी तथा विज्ञहरूसमेतले दानाको गुणस्तरमा प्रश्न गर्न थालेका छन् । पश्चिम चितवन शिवनगरको अमृत पोल्ट्री फार्ममा गत वैशाख अन्तिमदेखि जेठ पहिलो सातासम्म दुई हजार दुई सयभन्दा बढी कुखुरा म’रे । फार्मका सञ्चालक रामलाल भुसालले कुखुरा म’र्नुमा विभिन्न प्रकारका सरुवा रोगसँगै गुणस्तरीय दाना नहुनु पनि कारण हुनसक्ने आशङ्का गर्नुभयो ।

“दानामा एकै किसिमको गुणस्तर छैन । हामीले प्रयोग गरिने दानाको पनि गुणस्तर अध्ययन हुनुपर्छ,” उहाँले भन्नुभयो । उहाँको आशङ्कालाई विज्ञको तर्कले पुष्टि गरेको छ । नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा। सुबिर सिंह दानाको कच्चा पदार्थको स्रोतमै हुने ढुसीले दानामा वि’ष उत्पादन गरेको बताउनुहुन्छ । त्यस्तो दाना खाँदा कुखुरा म’रेका हुनसक्ने उहाँको तर्क छ ।

“दानाको कच्चा पदार्थमा हुने ढुसीका कारण विभिन्न किसिमको ‘माइकोटाक्सिन’ ९ढुसीजन्य वि’ष० उत्पन्न भई कुखुरामा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्नाले अनेकौँ सरुवा रोग लाग्ने जोखिम बढेको छ,” कुखुरामा देखिएको बढ्दो मृत्युदर अध्ययन तथा अनुसन्धानका लागि गठित विज्ञ प्राविधिक समूहका संयोजकसमेत रहनुभएका उपाध्यक्ष डा। सिंहले भन्नुभयो ।

“कुखुराको दाना खानयोग्य हुन ‘माइकोटक्सिन’ परीक्षणमा ‘अफ्लाटक्सिन’को मात्रा २० पीपीबीभन्दा कम हुनुपर्छ तर अहिले बजारमा आएका दानामा प्रयोग भएका कच्चा पदार्थ मकै वा ढुटोमा यसको मात्रा ७० देखि १२० पीपीबीसम्म पाइएको छ” उहाँले भन्नुभयो । ढुसीमा अफ्लाटक्सिनका साथै डन, अकराटक्सिन, टी २ लगायतका हानिकारक वि’षा’क्त तत्त्व हुने र त्यसले कुखुराले सामान्य रूपमा दाना पानी मन लगाएर नखाने, छेर्नुका साथै मिर्गौलालगायतका अङ्ग सुन्निँदै गएर अस्वाभाविक र असाधारण तरिकाबाट म’र्ने गरेको पनि उहाँले जनाउनुभयो ।

छ महिनायता विभिन्न सरुवा रोगका कारण नेपालमा ६० लाख कुखुरा म’रेको तथ्य सार्वजनिक भएको छ । त्यसबाट दुई अर्ब ४० करोड रुपियाँ बराबरको क्षति किसानले बेहोरेको बताइएको छ । कुखुरा विशेषज्ञ एवं कृषि तथा वन विश्वविद्यालय पशु तथा मत्स्य सङ्कायका डिन प्राडा होमबहादुर बस्नेत पनि कुखुरा निरन्तर म’र्नुमा रोगसँगै प्रदूषित दाना पनि समस्या हुनसक्ने बताउनुहुन्छ ।

उहाँका अनुसार कार्बोहाइडेट अर्थात् शक्तिको स्रोतका रूपमा मकै र गहुँ, प्रोटिनका रूपमा भटमासको पिना, क्याल्सियमका रूपमा एक किसिमको सामुद्रिक जीवको खोल ‘सिप’, खनिज पदार्थ र भिटामिनहरूको संयोजन गरेर कुखुराका लागि दाना बनाइन्छ । प्राडा बस्नेतले किसानले अहिले प्रयोग गरिरहेका दाना यी तत्त्व मिलाइएर बनेकामा आफूलाई विश्वास नभएको बताउनुभयो ।

उहाँले अहिले निषोधाज्ञाका कारण लामो समयसम्म कच्चा पदार्थ सञ्चित गर्दा र नयाँ मकैमा चिसो मात्रा बढी हँुदा ढुसीको समस्या हुने गरेको पनि बताउनुभयो ।गोरखापत्रमा खबर छ ।तर नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरी नेपाली दानामा ढुसीको मात्रा बढी भयो भन्नु नै गलत भएको दाबी गर्नुहुन्छ । “कुनै पनि दानामा पानीको मात्रा ११ प्रतिशतसम्म रहन पाउने व्यवस्था छ तर पनि अहिले उत्पादन हुने दानामा त्योभन्दा पनि कम पानी प्रयोग भएको छ”, उहाँले थप्नुभयो, “सरकारी निकायले पनि दानाको गुणस्तर नियमित परीक्षण गरिरहने हुँदा त्यसमा शङ्का गर्नु जरुरी छैन । ”

नेपालमा अहिले ११८ वटा उद्योगमा दैनिक पाँच हजार दुई सयदेखि पाँच हजार पाँच सय मेट्रिक टनसम्म दाना उत्पादन भइरहेको छ । यसरी दाना उत्पादन गर्ने उद्योग सबैभन्दा बढी काठमाडौँमा २६ र चितवनमा २४ वटा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर