निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो चहलपहल — OSNepal

निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो चहलपहल

LC (KTM) June 15, 2021 0

काठमाडौं । कोरोनाको दोस्रो चरण शुरु भएपछि १६ बैशाखबाट जारी गरिएको निषेधाज्ञा (सोमबार)बाट केही खुकुलो भएको छ ।निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल र बजारमा भिडभाड बढेको छ ।

तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । यसैगरी पुस्तक पसलहरु पनि विहान ११ बजेसम्म खुल्नेछन् । यस्तै हार्डवेयर पसलहरु दिउसो चार बजेबाट खोल्न पाइने छ ।गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञालाई कृषी र उसत्पादनजन्य कार्यमा सहजताका लागि केही खुकुलो बनाइएको बताएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर, बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा ७ असारसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । दोस्रो सातापछि नीजी सवारी साधनलाई जोरबिवजोर प्रणालीमा शुरु गर्न सकिने पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर