सुन्दरी नायिका मिरुना मगरलाई ‘सोल्टिनी क्या राम्री’ भन्ने युवक को हुन् ? हेर्नुहोस् भिडियो — OSNepal

सुन्दरी नायिका मिरुना मगरलाई ‘सोल्टिनी क्या राम्री’ भन्ने युवक को हुन् ? हेर्नुहोस् भिडियो

LC (KTM) June 04, 2022 0

काठमाडौं :

लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी क्या राम्री’को भिडियो सार्वजनिक गरिएकाे छ ।

गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियो सोल्टिनीको तेस्रो सिरिज हो । जसमा गायक गिरीकै शब्द सृजना, संगीत र स्वर छ भने एरेन्ज कृष्ण विकले गरेका छन् ।

प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा पछिल्लो समयकी लोकप्रिय नायिका मिरुना मगरसँग गणेशमान घलेले अनस्क्रिन रोमान्स गरेका छन् ।

५०० बढी गुरुङ वस्ती रहेको लमजुङको भुजुङ गाउँमा छायांकन गरिएको सोल्टिनी क्या राम्रीको छायांकन विवेक विकले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको निर्देशन गायक गिरी स्वयंले नै गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement