गैरजिम्मेवार प्रधानमन्त्री ओलीको कारण सारा नेपालीले लज्जित हुनु परेको छ : श्रेष्ठ — OSNepal

गैरजिम्मेवार प्रधानमन्त्री ओलीको कारण सारा नेपालीले लज्जित हुनु परेको छ : श्रेष्ठ

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको गैरजिम्मेवार कामले लजित हुनु परेको बताएका छन् । प्रवक्ता श्रेष्ठले नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुँदैन,हाछ्युँ गरेर ,बेसार पानी खाएर कोरोना फाल्दिउँ भएर सँसदमै बोल्ने गैर जिम्मेवार ओलीको कारणले सारा नेपालीले दुःख मात्र पाएका छैनौ,लज्जित हुनु परेको बताएका छन् ।

श्रेष्ठले ट्वीटर मार्फत गैरजिम्मेवार प्रधानमन्त्रीको कारण लज्जित हुनु परेको बताएका हुन् । ‘नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुँदैन,हाछ्युँ गरेर ,बेसार पानी खाएर कोरोना फाल्दिउँ भएर सँसदमै बोल्ने गैर जिम्मेवार प्रमको कारणले हामी नेपालीले दुःख मात्र पाएका छैनौ,लज्जित हुनु परेको छ’। श्रेष्ठले ट्वीटरमा भनेका छन्, ‘नेपाल अहिले कोरोना सँक्रमणको दरमा बिश्वमै अगाडी छ ।छिटो भ्याक्सिन ल्याइयोस्’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर