ओलीले अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिनुपर्ने भन्दै युवा संघले राख्यो पाँच बुँदे माग — OSNepal

ओलीले अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिनुपर्ने भन्दै युवा संघले राख्यो पाँच बुँदे माग

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री पदमा एक छोड्नुपर्ने भन्दै नेकपा (एमाले)को भातृसंगठन युवा संघ वाग्मती प्रदेश कमिटीले माग गरेको छ ।

माधव नेपाल निकट युवा संघले आज एक प्रेस वक्तव्य जारी गर्दै नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी अर्थात् २०७५ जेष्ठ २ गतेको पार्टी कमिटीलाई क्रियाशिल बनाउनको लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग माग गरेका छन् ।

एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आमकार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ ।

जारी वक्तव्यमा उल्लेख गरिएको छ । युवा संघले पाँच बुँदै माग राख्दै ओलीलाई जनताको प्रतिनिधिमूलक संस्था संघीय प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्दै आत्मआलोचना गरी अगाडी बढ्न सुझाव दिएका छन् ।

युवा संघले जारी गरेको वक्तव्य यस्तो छ,
क. नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी अर्थात् २०७५ जेष्ठ २ गतेको पार्टी कमिटीलाई क्रियाशिल बनाउनको लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ ।
ख. जनताको प्रतिनिधिमूलक संस्था संघीय प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनी त्यसमा आत्माआलोचना गरी अगाडि बढ्नका लागि अध्यक्ष कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ ।
ग. एक ढिक्का नेकपा ९एमाले० ले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनमा बृहत्तर योगदान दिने स्पष्ट छ । यसर्थ अब पनि विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटोभन्दा केही नहुने भएकाले त्यसबाट जोगिनका लागि नेताहरूलाई एक ठाउँमा राखी विधि र पद्धतिअनुसार २०७५ जेष्ठ २ गतेको कमिटी ब्युँताउँदै बैठक राखी छलफल र बहस चलाउन जोडदार माग गर्दछौँ ।
घ. एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आमकार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ ।
ङ. विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप नेपाली जनताले यथाशीघ्र लगाउन पाउने व्यवस्था गरी सम्पूर्ण आम नेपाली जनताको जीवनरक्षा गर्नको लागि जोडदार माग गर्दछौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर