ड्युटीको अन्तिम दिन सेनाका उपसेनानी दिनेशराज पन्तको दुखद निधन — OSNepal

ड्युटीको अन्तिम दिन सेनाका उपसेनानी दिनेशराज पन्तको दुखद निधन

LC (KTM) June 15, 2021 0

काठमाडौं- लेफ्टिनेन्ट (उपसेनानी) दिनेशराज पन्तको निधन भएको छ । उनको हृदयघातका कारण आज बिहान निधन भएको सैनिक स्रोतले बताएको छ । स्रोतका अनुसार एक महिना पछि अवकासमा जान लागेका पन्त भोलीदेखि बिदामा बस्ने तयारीमा थिए ।

भद्रकालीस्थित सैनिक कल्याणकारी कोषमा कार्यरत उनी भोलीदेखि बिदामा बस्ने तयारी गरेका पन्त आज अन्तिम दिनको ड्युटीमा थिए । पन्त नेपाली सेनाभित्र इमान्दार र कर्तब्यनिष्ठ अफिसरको रुपमा गनिन्छन ।
यो पनि, मुख्यमन्त्री राउतद्वारा योग शिविरको शुभारम्भ- मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गर्नु भएको छ । पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको योग शिवरको मुख्यमन्त्री राउतले भर्चुअल प्रविधिमार्फत शुभारम्भ गर्नु भएको हो ।

सो अवसरमा उहाँले अहिलेको व्यस्त जीवनमा आफू स्वस्थ्य रहन योग अपरिहार्य रहेको बताउनुभयो । योगलाई जनजनमा पु¥याउन रामदेवले खेल्नु भएको भूमिका एवं विश्व स्तरमा स्थापित गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई प्रशंसा गर्नु हुँदै मुख्यमन्त्री राउतले शहरी क्षेत्रमा मात्र सिमित योगलाई ग्रामीण क्षेत्रसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वस्थ्य जीवनका लागि योगको महत्वका बारेमा प्रकाश पार्नुभयो । योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, पतञ्जली योग शिविरका पदाधिकारीहरुसहितको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर