कर्णाली सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्रिप जारी — OSNepal

कर्णाली सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्रिप जारी

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको प्रस्तावको विपक्षमा मतदान गर्न ह्रिप जारी गरेको छ । आज पारित हुन लागेको प्रदेश सरकारको नीति तथा कार्यक्रमको प्रस्तावको विपक्षमा मतदान गर्न बैठकमा जानकारी गराएको प्रमुख सचेतक गुलाबजङ्ग शाहले जनाएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेको आधारमा माधव नेपाल समुहका चार सांसदलाई बर्खास्त गरेका थियो । तथापी , सर्वोच्च अदालतले पुनर्बहाली गरिदिए पश्चात आजको बैठकमा प्रकाश ज्वाला सहभागी भएका थिए भने सरकारमा सहभागी ३ सांसदहरू बैठकमा उपस्थित भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर