कविता : मेरी प्यारी आमा — OSNepal

कविता : मेरी प्यारी आमा

LC (KTM) June 06, 2022 0

संगीता विश्वकर्मा

बाआमाकी जेठी छोरी, कटुञ्जे धोतलेखनी जन्म थलो तिम्रो,
घरकी प्यारी ठूलीकान्छी बुहारी, लेखर्क राहुते कर्मथलो तिम्रो ।
पढ्ने लेख्ने, खेल्ने अनि रमाउने उमेर त्यो तिम्रो,
घाँस–दाउरा र मेलापातमा बिते ती दिनहरू तिम्रो ।

तिमी दुलही बनी घर आउँदा आफन्त अनि छिमेकीले
कति लच्छिनकी बुहारी भन्दै तिम्रो प्रशंसा गर्थे रे
भाले बास्नु अर्थात् बिहानीको लाली पोतिनुअघि
तिमी उठेर हाम्रो त्यो प्यारो मूलघरलाई रातो माटोले पोत्थ्यौ रे ।

जति सुन्दर स्वभाव त्यो तिम्रो
सरल, सुशील र सहनशीलता त्यत्तिकै
अरुको खुसीमा सधैं रमाउने तिमी,
आफ्नै खुसीलाई बिर्सिदियौ तिमीले ।
नरम अनि मीठो बोली त्यो तिम्रो,
न कडा स्वरले बोल्यौ न त कसैलाई गाली नै गर्यो,
सबैको मन जितेर सबैलाई रिझाएकी थियौ तिमीले ।

यी सब गुण हुँदाहुँदै पनि कसैको कालो नजÞर लाग्यो तिमीलाई
तिम्रो पवित्रता अनि इमानदारिताको दुरुपयोग गर्न खोज्यो कसैले
तिम्रो गल्ती नहुँदा नहुँदै पनि भोग्नुप¥यो सजाय तिमीले ।

आँसुको धारामा कैयौं दिन, रात अनि वसन्त बितायौ
तर तिम्रो लगनशीलता, सहनशीलता अनि सहिष्णुताले फेरि खुसीका दिन आए तिम्रो जीवनमा ।

तिमी खुसी हुँदा हामी धेरै खुसी थियौं
हाम्रो छरिएको परिवारलाई पुनः सम्हालेकी थियौ तिमीले
हाम्रो सुन्दर परिवारलाई आफ्नो ममताको डोरीले बाँधेकी थियौ तिमीले
श्रीमती अनि आमाको भूमिकामा कुनै कमी हुन नदिई जिम्मेवारी पूरा गरेकी थियौ तिमीले ।

न कसैलाई दुःख दियौ, न त कसैको बोझ बन्यौ
तर पनि त्यो निर्मम कालो दिन (मे २१, २०२१) आयो, हाम्रो खुसी हामीबाट खोसी लग्यो
हामीलाई एक्लो अनि टुहुरो बनाइदियो
हाम्रो परिवार फेरि अपूर्ण भयो ।

मैले पनि तिम्रा लागि सपना देखेकी थिएँ
तिमीलाई कति धेरै खुसी दिन्छु
ती तिम्रा अधुरा सपना पूरा गर्छु
तर आज मेरा ती सबै सपना अधुरा भइदिए
न त अब कहिल्यै ती सपना पूरा गर्नै सक्छु
सपनीमा पनि सोच्न नसकिने त्यो अप्रिय घटना विपनीमा स्विकार्न बाध्य भएकी छु ।

शारीरिक रूपमा तिमी आज हाम्रो साथमा छैनौ
तर, मैले फेर्ने हरेक सासमा, मेरो सोचमा अनि भावनामा,
मेरा हरेक खुसी, दुःख, हाँसो अनि आँसुमा तिमी छौ र हमेसा रहने छौ

आमा ! तिम्रो अभाव कति महसुस गर्दछु,
न त मेरा यी सीमित शब्दमा लेख्न सक्छु न त व्याख्या नै गर्न सक्दछु
जबसम्म म यो धर्तीमा रहनेछु, तबसम्म तिमीलाई माया गरिरहनेछु ।
तिमीलाई देखाउन त म सक्दिनँ
तर मनैमनमा ।
मलाई माफ गरिदेऊ मैले जानी नजानी तिम्रो मन दुखाएको भए,
मलाई माया गरिराख तिमी जहाँ भए पनि
मेरी प्यारी आमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर