एमाले सक्याउन घरदैलो कार्यक्रममा व्यस्त देउवा र प्रचण्ड — OSNepal

एमाले सक्याउन घरदैलो कार्यक्रममा व्यस्त देउवा र प्रचण्ड

LC (KTM) June 15, 2021 0

काठमाडौं १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले सक्याउन नै कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लागि परेको कुरा माधव नेपालले नबुझेको भन्दै टिप्पणी गरेका छन् ।

हिजो माधव नेपाल निवासको घरमा देउवा , प्रचण्ड सहितको भेटघाटलाई लिएर थापाले एमाले सक्याउन लागेको आरोप लगाएका हुन् । तीनै नेताको तस्विर सार्वजनिक गर्दै एमाले सक्याउन घरदैलो गरिरहेको आरोप लगाएका हुन् । नेपाललाई संकेत गर्दै थापाले भनेका छन् , एमाले सक्याउन नै उहाँहरूको यो घरदैलो चलिरहेको छ । तर बुझ्ने महाशयले नबुझिदिएपछि कसको के लाग्छ र ?”

तिन नेताको फोटो सहित थापाले लेखेका छन् , “यो तस्बिरले मान गरेछ कि अपमान ? कोटेश्वरमा देउवा-प्रचण्ड र उपेन्द्र ! एमाले सक्याउन नै उहाँहरूको यो घरदैलो चलिरहेको छ । तर बुझ्ने महाशयले नबुझिदिएपछि कसको के लाग्छ र ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर