पोखराका मेयर धनराजलाई छोरी आश्माले लेखिन् यस्तो मार्मिक पत्र — OSNepal

पोखराका मेयर धनराजलाई छोरी आश्माले लेखिन् यस्तो मार्मिक पत्र

LC (KTM) June 08, 2022 0

आश्मा आचार्य

छोरी सौभाग्यले अनि छोरा भाग्यले पाइन्छ भन्ने हाम्रो समाजमा म मेरी बाबाको प्यारी छोरी हुन पाएकोमा आफुलाई निकै भाग्यमानी ठान्छु । हरेक उतावचढावमा ढाल बनेर उभिने मेरो बाबाको लागि आज म केहि शब्द लेख्दैछु ।

मेरो बाबा धनराज आचार्यको आदर्श ,अनि सबैलाई गर्ने सम्मान र इज्जत गर्ने बानीले आज मेरो छाती चौडा भएको छ । सन्दर्भ हो केहि समय अगाडीको म मेरो बाबासँगै लाइन्स क्लबको एक कार्यक्रमको लागि नेपाल बाहिर गएकी थिए । जाने क्रममा जब हामी खाजा खान एक रेष्टुरेन्टमा गयौं । त्यहाँ हामी सबैले खाजा अर्डर गर्यौँ । हामीसँगै गएका ड्राइभर दाईलाई बाबाले “खाना खानु भएको छ रु” भनेर प्रश्न गर्दा दाईले “ छैन सर” भनेर जवाफ दिएपछि बाबाले उहाँको लागि खाना अर्डर गर्नुभयो र सँगै बसेको टेबलमा बस्न भन्नुभयो ।

दाईलाई सायद अप्ठ्यारो लागेर होला हामी संगै सिटमा नबसी छेउको सिटमा बस्नुभयो । अनि खाना आएपछि बाबाले दाईलाई आफै लगरे दिनुभयो । त्यो देखेर दाईले अप्ठयारो मान्दै म आफै लिन्छु भन्नुभयो । उहाँ दाईको लागि यति ठुलो रेष्टुरेन्टमा खाना खानु पहिलो पटक थियो होला जसले गर्दा निकै अप्ठ्यारो मान्नुभयो , बाबाले आफुले खानु भन्दा अगाडी आफ्नो चालकलाई गरेको व्यवहार देखेर मन एक छिन त स्तब्ध नै भए । हरेक मानिसलाई उसको सामाजिक , आर्थिक
अवस्था हेरेर होइन ,एउटा मानवताको धर्म सम्झेर समान व्यवहार गर्नुपर्ने रहेछ भनेर मैले मेरो बाबाको कामबाट सिके ।

निर्वाचनको क्रममा राती ३ बजे सम्म पनि पोखरा महानगरका ३३ वटै वडामा गएर कहाँ के समस्या छ सबैको समस्या आफ्नो डायरीमा लेख्ने मेरो बाबाले निर्वाचन भरी आफुलाई मधुमेह र उच्च रक्तचाप छ भनेर पनि र्बिसनुभयो।

दिन रात घाम पानी नभनी आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी अहोरात्र खटिनु भएको देख्दा म हर्षित त छदैँछु तर हजुरले सार्वजनिक स्थलमा गएर यो “के गरेको रु कसरी भयो रु” भनेर प्रश्न सोध्दा डर लाग्छ कसैले हजुरलाई केहि गर्ने पो होकि भनेर।

तर बाबा म डराए पनि मेरो डरको हजुरलाई कहिल्यै आभास नहोस् , मलाई चिन्ता भएपनि हजुरको निधारमा कहिल्यै चिन्ताको रेखा देखा नपरोस् । अब हजुर म र मेरो दाई उज्ववलको मात्र बाबा होइन महानगर प्रमुखमा निर्वाचित भएसँगै जब हजुरले सपथ ग्रहण गर्नुभयो त्यसपछि हजुर सम्पुर्ण पोखरावासीको बाबा बन्नुभएको छ।

जब मलाई समस्या पर्दा आत्तिनु हुन्थ्यो , दिनरात नभनी मलाई साथ दिनुहुन्थ्यो हो , अब त्यसैगरी, सबै पोखरेलीको आटँ , साहास, भरोसा अनि एउटा मजबुत पर्खाल भएर हजुर पोखरेलीवासीको अगाडी उभिएको हेर्न मन छ ।

मलाई थाहा छ यो सब हजुरले गर्न सक्नुहुन्छ । यदि, पदमा पुगेर हजुरले पनि अन्यले जस्तै जनताको भावनासँग खेल्नु भयो भने “मेयर साब यो के गर्नुभएकोरु” भनेर हजुरलाई प्रश्न उठाउने पहिलो व्यक्ति म हुने छु ।

“म जागिर खान होइन र भोलुन्टर गर्न आएको” भन्दै हजुरले दिएको भाषण केबल बोलीमा मात्र सीमित नभई व्यवहारमा लागु भएको हेर्न म र मेरा आँखा लालायित छन् । हजुर हरेक भोटरको आशाको दियो हुनुहुन्छ , हजुरले त्यो दियो बालिराख्नु हुन्छ भन्ने मेरो विश्वास छ ।

हरेक पोखरेलीले कलम चिन्हमा हालेको भोटले हजुर यहाँ हुनुहुन्छ र म विश्वत छु हजुरको कलमले हजुरले पोखराको रूपरेखा सुन्दर रूपले कोर्नुहुनेछ ।
कलम चिन्हमा भोट नहाल्नेको लागि पनि धनराज भन्ने व्यक्ति मेरो भन्दा हाम्रो मा विश्वास गर्ने रहेछन् भनेर हजुरले देखाउनु छ बाबा ।

आशा छ मेरो आश निरासामा बदलिन्न । हजुरलाई लाखौं लाख शुभकामना । हजुरको यो पाँच वर्षे कार्यकालयलाई पोखरेली जनताले जुनी जुनी सम्म सम्झिरहुन् । सबैको मन, मष्तिकमा, हजुरको काम , लगन र मिहिनेत गहिरो बनेर छाप छोडोस् । हजुर सबैको प्यारो मान्छे बन्नुहोस् हजुरको यो सानी छोरीको मुरी मुरी शुभकामना अनि न्यायो माया

हजुरको प्यारी छोरी आश्मा

आश्मा आचार्य पोखरा महानगरका मेयर धनराज आचार्यकी छोरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर