जर्मनी र इंग्ल्यान्डले अंक बाँडे — OSNepal

जर्मनी र इंग्ल्यान्डले अंक बाँडे

LC (KTM) June 08, 2022 0

काठमाडौं, २५ जेठ:
यूइएफए नेसन्स लिगमा लिग ए ग्रुप ३ को अर्को खेलमा इंग्ल्यान्ड र जर्मनीसँले बराबरी खेल्दै अंक बाँडेका छन् । इङल्यान्डले जर्मनीलाई १-१ को बराबरीमा रोकेको हो ।

५०औँ मिनेटमा होफमानको गोलमा जर्मनीले अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा ह्यारी केनको पेनाल्टी गोलमा इङल्यान्ड खेलमा फर्किएको थियो ।

केनको इङल्यान्डका लागि यो ५०औँ गोल थियो ।

बराबरीसँगै जर्मनी २ खेलबाट तेस्रो स्थान र एक अंकको इंग्ल्यान्डको चौथो स्थानमा छ । शीर्षस्थानमा भने ४ अंकसहित इटाली छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर