अभिनेता सुशान्त सिंह राजपुतलाई संझिदै भक्कानिइन पूर्व प्रेमिका अंकिता, लेखिन सबैलाई रुवाउने स्टाटस — OSNepal

अभिनेता सुशान्त सिंह राजपुतलाई संझिदै भक्कानिइन पूर्व प्रेमिका अंकिता, लेखिन सबैलाई रुवाउने स्टाटस

LC (KTM) June 15, 2021 0

एजेन्सी-बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको सोमबार एक वर्ष पुरा भएको छ । सोही अबसरमा सुसान्तकी पूर्व पे्म्िरका अंकिता लोखन्डेले पूर्व प्रेमीलाई सम्झदै भाबुक स्टाटस लेखेकी छन् ।अंकिताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुशान्तसँगका आफ्ना फोटो राखेर एउटा भिडियो बनाएकी छिन् ।
भिडियो पोस्ट गर्दै उनले क्याप्सनमा लेखेकी छन् , ‘१४ जून । यो हाम्रो यात्रा थियो । फिर मिलेंगे चल्ते चल्ते ।’ अंकिता र सुशान्त ६ वर्षभन्दा बढी सम्बन्धमा थिए र उनीहरु भारतीय टेलिभिजनका अत्यधिक रुचाइएका जोडीमध्येका एक हुन् ।

यि दुई ६ वर्ष प्रेममा रहेपछि एक अर्काबाट अलग भएका थिए । सुशान्त अघिल्लो वर्ष आजकै दिन मुम्बईको बान्द्रास्थित उनको निवासमा मृत भेटिएका थिए ।यद्यपि, सुशान्तको मृत्युपश्चात् अंकिताले अभिनेताको परिवारलाई अत्यधिक समर्थिन गरिरहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर