सनी र अमिसाको गदर फिल्मको सिक्वेल बन्दै , १५ बर्ष अगाडि देखी काम भईरहेको यो फिल्मको कथा यस्तो हुनेछ — OSNepal

सनी र अमिसाको गदर फिल्मको सिक्वेल बन्दै , १५ बर्ष अगाडि देखी काम भईरहेको यो फिल्मको कथा यस्तो हुनेछ

LC (KTM) June 15, 2021 0

बलिउडमा रिमेक र सिक्वेलको ट्रेण्ड नै चलेको छ । दक्षिण भारतीय फिल्मलाई रिमेक गरेका तथा सिक्वेल बनाएका फिल्महरु बलिउडमा राम्रै संग स्थान बनाउन सफल भईरहेका छन् । अब त्यस्तै सनी देवलको फिल्मको पनि सिक्वेल बन्ने भएको छ ।

सनी देवल संगै अमिषा पटेल र अमरीश पुरी अभिनित एक जमनाको हिट फिल्म ‘गदर ः एक प्रेम कथा’ को सिक्वेल बन्ने भएको हो । यो चलचित्र २० वर्ष अगाडि निर्माण भएको हो । अचम्मको कुरा के छ भने यस फिल्मको सिक्वेलका लागि १५ वर्षदेखि काम भइरहेको छ ।

अबको सिक्वेलमा सनी तारा सिंह, अमिषा पटेल सकीना र उनीहरुको छोरा जीतको कथा समेटिने बताइएको छ । यो सिक्वेल जहाँ अन्त्य भएको थियो कहानी फेरी त्यहिबाट सुरु हुने बताइएको छ । फिल्मको कथा इन्डिया र पाकिस्तानकै एङ्गलबाट अगाडि बढ्नेछ ।

फिल्मको विषयमा सनीले एक अन्तवार्तामा क्लाइमेक्स चेन्ज गरिएको बताएका थिए । उनले भनेका थिए, ‘फिल्म फ्लप हुने डरले क्लाइमेक्स सम्पादनमा परिवर्तन गरिएको थियो ।’ यो फिल्मले अब कत्तिको सफलता पाउने हो त्यो त हेर्न बाँकि नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर