ब्यापारीले घ्यू तथा खानेतेलमा झण्डै दोब्बर मूल्य बढाएर यसरी सर्वसाधारणलाई दिँदैछन् सास्ती — OSNepal

ब्यापारीले घ्यू तथा खानेतेलमा झण्डै दोब्बर मूल्य बढाएर यसरी सर्वसाधारणलाई दिँदैछन् सास्ती

LC (KTM) June 15, 2021 0

काठमाडौं असार १ । चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा खानेतेलमा २८।२० प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ । आज मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा घ्यू तथा खानेतेलको मुल्यवृद्धि अत्यधिक भएको उल्लेख गरेको छ ।

त्यस्तै ,गत वर्षको वैशखको तुलनामा यस वर्षको वैशाखमा मासु तथा माछामा १७।१२ प्रतिशत , गैर–मदिराजन्य पेय पदार्थमा ९।८५ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९।८४ प्रतिशतले मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ । साथै बैकका अनुसार निमार्ण सामग्रीको थाक मुल्यवृद्धि ८ ।४४ प्रतिशत उल्लेख गरिएको छ ।

त्यस्तै , अघिल्लो वर्ष ५।८३ प्रतिशत रहेको बिन्दुगत उपभोक्ता मुद्रास्फीतिमा यस वर्ष सोही महिनामा ा ३।६५ प्रतिशत रहेको छ । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २।८१ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४।७२ प्रतिशत रहेको छ । सो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ३।६२ प्रतिशत, तराईमा ३।५१ प्रतिशत, पहाडमा ४।१४ प्रतिशत र हिमालमा १।३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर