पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितले गुमाए कोरोनाका कारण ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितले गुमाए कोरोनाका कारण ज्यान

LC (KTM) June 15, 2021 0

काठमाडौँ– नेपालमा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ५०६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो । त्यसै गरी सोही समयमा ४ हजार १८७ जनाले कोरोना जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर