जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्टमा परेर विष्णुमायाले गुमाईन ज्यान — OSNepal

जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्टमा परेर विष्णुमायाले गुमाईन ज्यान

LC (KTM) June 15, 2021 0

झापा, १ असार- जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ बर्षीया विष्णुमाया बास्कोटाको मृ त्यु भएको छ । आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको विजुलीको नाङगो तारमा करेन्ट लाग्दा उहाँ घाइते हुनुभएको थियो ।

घाइते बास्कोटाको उपचारको क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्लामा हात्ती धपाउन लगाइएको विजुलीको तारबाट करेन्ट लागेर यस अघि चारजनाको मृ त्यु भएको छ । जसमध्ये दुई जना बुद्धशान्ति गाउँपालिकाकै रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर