प्रदेश १ मा आज एकै दिन ५५७ जना कोरोना संक्रमणमुक्त — OSNepal

प्रदेश १ मा आज एकै दिन ५५७ जना कोरोना संक्रमणमुक्त

LC (KTM) June 15, 2021 0

प्रदेश १ मा आज ५५७ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ । प्रदेश १ मा आज ३८५ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, धनकुटामा २, ताप्लेज्ुङ, ते¥हथुम र खोटाङमा १–१, प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ५४, भद्रपुरमा ३४, मेचीनगरमा १९, दमकमा १७, अर्जुनधारामा २२, शिवसताक्षीमा ९, कनकाईमा ८, बुद्धशान्तिमा ८, हल्दिबारी र कमल गाउँपालिकामा ४–४, बा¥हदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल र गौरादहमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ३९, इटहरीमा ३१, रामधुनीमा ५, दुहवी र बराहक्षेत्रमा ३–३, बर्जुमा २, इनरुवा र भोक्राहानरसिंहमा १–१ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण भएको छ । मोरङको विराटनगरमा ५८, सुन्दरहरैचामा ८, उर्लाबारी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रंगेली, कानेपोखरी, कटहरी, मिक्लाजुङ र बेलबारीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि संखुवासभाको पाँचखपन र चौनपुरमा ३–३, खाँदबारीमा १, इलामको इलाम नगरपालिकामा २, चुलाचुली, माईजोगमाई, सुर्योदय र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, ताप्लेज्ुङ, ते¥हथुम र खोटाङमा १–१, प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।्

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ४४२ पुगेको छ । संक्रिय संक्रमितको संख्या १५ हजार ५५६ रहेको छ । प्रदेश १ मा आज १ हजार ४३१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६५ महिला र २२० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर