विजय यूथ र सिमराको खेल झरिका कारण स्थगित — OSNepal

विजय यूथ र सिमराको खेल झरिका कारण स्थगित

LC (KTM) June 08, 2022 0

हेटौंडा, २५ जेठ :

झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ । बुधबार मकवानपुरको विजय यूथ क्लब र नव जनजागृति क्लब सिमराको खेल तय भएको थियो ।दिउँसो भएको वर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो ।

यसअघि शनिबार पनि एपीएफ क्लब र फ्रेण्ड्सको खेल स्थगित भएको थियो । बुधबारको खेल बिहीबार बिहान ८:३० बजे खेलाउने सहमति भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा १२ वटा टिमको सहभागिता छ ।जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर