एएफसी एसियन कप छनोट : जोर्डन संग नेपाल पराजित — OSNepal

एएफसी एसियन कप छनोट : जोर्डन संग नेपाल पराजित

LC (KTM) June 08, 2022 0

नेपालले ११ अनुभवी खेलाडीलाई टिमबाट बाहिर राखेर पहिलो पटक एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेल खेलेको छ । पहिलो खेलमा नै नेपाल बलियो टोली जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति नेपाल जोर्डनसँग दुई शुन्य गोल अन्तरले पराजित भएको हो ।पहिलो हाफमा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा रोक्न सकेन । नेपालले दोस्रो हाफमा दुई खान पुग्यो ।

जोर्डनलाई जित दिलाउन अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।जितसँगै जोर्डनले पहिलो खेलमा ३ अंक जोडेको छ ।नेपालले हारबाट छनोटको सुरुआत गरेको छ ।छनोटको समूह ए मा रहेको नेपालले अब जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर