बागमती प्रदेश सरकारले ल्यायो ५७ अर्व ७२ करोड ९ लाख २७ हजारको बजेट विनियोजन — OSNepal

बागमती प्रदेश सरकारले ल्यायो ५७ अर्व ७२ करोड ९ लाख २७ हजारको बजेट विनियोजन

LC (KTM) June 15, 2021 0

वाग्मती १ असार । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बागमती प्रदेश सरकारले ५७ अर्व ७२ करोड ९ लाख २७ हजारको बजेट विनियोजन गरेको छ ।आज मंगलबार बसेको बागमती प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २ अर्ब बजेट व्यवस्था गर्दै आगामी आर्थिक वर्षका लागि बजेट विनियोज गरेका हुन् ।

प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम विनियोजन गरिएको छ । यस्तै,प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ भने चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर