युवा पुस्ता बिग्रिएको भन्दै नेपालमा पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज — OSNepal

युवा पुस्ता बिग्रिएको भन्दै नेपालमा पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज

LC (KTM) June 09, 2022 0

काठमाडौं, २६ जेठ :

संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो ।

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।

छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर