पछिल्लो २४ घण्टामा भक्तपुरमा १६ जनामा मात्र सङ्क्रमण पुष्टि — OSNepal

पछिल्लो २४ घण्टामा भक्तपुरमा १६ जनामा मात्र सङ्क्रमण पुष्टि

LC (KTM) June 15, 2021 0

काठमाडौं- वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ५४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौंमा ४५५ जना भक्तपुरमा १६ जना र ललितपुरमा ७४ जना गरी कूल ५४५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमण देखिएयता आज भक्तपुरमा भेटिएको सङ्क्रमितको संख्या सम्भवत सबैभन्दा कम हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो । त्यसै गरी सोही समयमा ४ हजार १८७ जनाले कोरोना जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर