निरन्तरको वर्षाले बागलुङ बजार जलमग्न — OSNepal

निरन्तरको वर्षाले बागलुङ बजार जलमग्न

LC (KTM) June 15, 2021 0

बागलुङ- निरन्तरको वर्षापछि जलमग्न भएको बागलुङ बजार । बागलुङ बजार माथिको हाडेपाखा, शिवधाराचोक तथा रातामाटाको पानीको भल सोझै बागलुङ बजारमा आउँदा जलमग्न भएको हो । तस्वीर ः खेमराज गौतम, रासस

प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता:- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम (प्रदेश निर्वाचन क्षेत्र कोष) लाई निरन्तरता दिएको छ । केन्द्र सरकारले हटाएको तथा प्रदेश सरकारहरूबाट समेत खारेज गर्न आवाज उठिरहेको उक्त कार्यक्रमलाई यो प्रदेशले निरन्तरता दिएको हो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले आज प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा उक्त कार्यक्रम कायम राखिएको हो । सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि प्रदेशमा प्रत्यक्षतर्फ ३२ जना प्रदेश सभा सदस्यका लागि रु ९६ करोड बजेट विनियोजन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर