उदीत नारायणका छोरा आदित्यको यो तस्बिर भाईरल , उनका फ्यानहरु नै तिन छक्क — OSNepal

उदीत नारायणका छोरा आदित्यको यो तस्बिर भाईरल , उनका फ्यानहरु नै तिन छक्क

LC (KTM) June 15, 2021 0

बलिउडमा एकछत्र राज गरेका गायक उदितनारायण झा का छोरा आदित्य नारायण झा पछिल्लो समय बिबादमा तानिएका छन् । चर्चित सिंगिङ रियालीटि शो इण्डियन आइडलका होस्ट समेत रहेका उनी सोही शो बाट पछिल्लो समय बिबादमा तानिएका हुन् ।

उनी यसपटक फेरी चर्चामा आएका छन् उनको अभिब्यक्तिका कारण नभई आफ्नो तस्बिरका कारण । आदित्यनारायणले आफ्नो पछिल्ला २ तस्बिर शेयर गरेका छन् जसमा उनको शरिरको गज्जवको ट्रान्सफर्मेशन देखिएको छ । उनको यो २ तस्बिर दाँज्दा छुट्याउनै मुस्किल पर्छ ।

उनले सार्वजनिक गरेको पहिलो तस्बिर ३ महिना पुरानो रहेको छ । १५ अप्रिलमा लिएको तस्बिर जुन उनी कोरोना संक्रमण भएको बेला लिइएको हो । यसबेला उनको पेट लागेको शारिरीक बनावट एकदमै असुहाउँदिलो देखिएको छ ।

दोस्रो तस्बिर फेरि ठिक ३ महिना पछिको रहेको छ जहाँ उनको शारिरीक बनावट एकदमै फिट देखिएको छ । उनको शरिरमा पुरा एप्सहरु देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर