ज्वाईको औँठी र सिक्री सानो भएछ भनेर गुनासो गरेकी मेरी छोरीलाई दाईजोकै लागि मा'रे भन्दै आमा भक्कानीइन (हेर्नुहोस भिडियो) — OSNepal

ज्वाईको औँठी र सिक्री सानो भएछ भनेर गुनासो गरेकी मेरी छोरीलाई दाईजोकै लागि मा’रे भन्दै आमा भक्कानीइन (हेर्नुहोस भिडियो)

LC (KTM) June 15, 2021 0

कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृ त्यु भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । आमाको आँखा ओभाएका छैनन् । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ गते उनको रहस्यम मृ त्यु भयो । विवाहमा १५ लाख रुपैया खर्च भएको थियो ।

रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग उनको विवाह भएको थियो । माइती पक्षले घटना रहस्यमय भएको बताएका छन् । माइतीले दाइजोका कारण छोरीको मृ त्यु भएको आशंका माइतीले गरेका छन् । विवाह भएको केही दिनमै फोनमा विष्णुले आमा ज्वाईको औँठी र सिक्री सानो भएछ भनेर गुनासो गरेकी थिइन् ।

उनले दुरान फर्काउन आउँदा अलिकति सुन थपेर ठूलो बनाइदिउँ है भनेर पनि भनेकी थिइन् । तर दुरान फर्काउन नपाउँदै छोरीको मृ त्युको खबर सुन्नुपर्दा माइती पक्ष स्तब्ध भएको छ । दुई पक्षले नै सल्लाह गरेर विवाह भएको थियो । भान्जीले छोरीको विवाह गरिदिनु भनेपछि आफुहरुले सल्लाह गरेर विवाह गराएको आमाको भनाई छ। उनीहरुको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घाईघाटकी पार्वती गौतमले गराइदिएकी थिइन् । गौतम विष्णुको आमाको भान्जी हुन् ।

अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर सुन्नुपरेको दिदीले बताएकी छन् । वेहुलाको परिवारले पार्वतीले देह  त्याग गरेको बताएका छन् तर माइती पक्ष यो कुरा मान्न तयार छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर