युरोकपमा आज फाईनल जत्तिकै भिडन्त हुदै , बिश्वबिजेता शक्तिशाली टोली फ्रान्स र जर्मनी आपसमा भिड्दै — OSNepal

युरोकपमा आज फाईनल जत्तिकै भिडन्त हुदै , बिश्वबिजेता शक्तिशाली टोली फ्रान्स र जर्मनी आपसमा भिड्दै

LC (KTM) June 15, 2021 0

१६ औं संस्करणको युरोकप फुटबलमा आज दुई शक्तिशाली टिमबीच प्रतिष्पर्धा हुदैछ । बिश्वकपमा समेत जितिसकेका दुई टिम फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेको भएको हो ।

विश्वकप विजेता फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । नेपाली समय अनुसार यी दुई टिम बीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।ग्रुप अफ डेथ मानिएको समूह एफ मा रहेका दुबै टिम पहिलो खेलमा जित निकाल्ने योजनामा हुनेछन् ।

दुबै टिमका लागि यस जितको छुट्टै अर्थ हुनेछ । त्यसैले दुई विश्व विजेता टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । फ्रान्सलाई यस युरोमा उपाधिको प्रमुख दाबेदार मानिएको छ । फ्रान्स साविक उपविजेता समेत हो । तर, समूह चरणको पहिलो खेलमै फ्रान्सले अर्को उपाधि दाबेदार टिम जर्मनीसँग खेल्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर