दक्षिण कोरियाले पाराग्वेलाई बराबरीमा रोक्यो — OSNepal

दक्षिण कोरियाले पाराग्वेलाई बराबरीमा रोक्यो

LC (KTM) June 10, 2022 0

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले पाराग्वेलाई बराबरीमा रोकेको छ । शुक्रबार भएको खेलमा कोरियाले पाराग्वेलाई दुई दुई गोलको बराबरीमा रोकेको हो ।
खेलको २३ औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै पाराग्वेलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा मिगुएलले व्यक्तिगत दोस्रो गोल गर्दै पाराग्वेलाई दुई शुन्यको अग्रता दिलाए । तर, खेलको ६६ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै कोरियालाई दुई एकको स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा जुङ वु योङले गोल गर्दै कोरियालाई दुई दुई गोलको बराबरीमा टुंग्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर