घाना माथि जापानको फराकिलो जित — OSNepal

घाना माथि जापानको फराकिलो जित

LC (KTM) June 10, 2022 0

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानले घाना माथि फराकिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा जापानले घानालाई ४-१ गोल अन्तरले हराएको हो ।
खेलको २९ औं मिनेटमा मिकी यमानेले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाए ।४४ औं मिनेटमा जोर्डनले गोल गर्दै घानालाई १-१ गोलको बराबरीमा ल्याए ।

तर पहिलो हाफको इन्जुरी समयमा मिटोमाले गोल गर्दै जापानलाई २-१ को अग्रता दिलाए ।खेलको ७३ औं मिनेटमा ताकेफुसा कुबोले गोल गर्दै जापानलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा डाईजेन माइडाले गोल गर्दै जापानलाई ४-१ को सहज जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर