फ्रान्स क्रोयसियासँग पराजित — OSNepal

फ्रान्स क्रोयसियासँग पराजित

LC (KTM) June 14, 2022 0

काठमाडौं, ३१ जेठ :

यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ ।

पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो ।

यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी राखेको छ । उसले ४ खेल खेल्दा जम्मा दुई अंक जोडेको छ र पुछारमा छ । क्रोयसिया भने ४ खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा छ ।

अष्ट्रेलिया कतार विश्वकपमा छनोट : पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ ।

सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेकाे हाे । पेनाल्टी समेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो ।

जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षिय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए ।

यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर