राखेप सदस्य सचिव घिसिङले गरे कबड्डी टोलीको बिदाइ — OSNepal

राखेप सदस्य सचिव घिसिङले गरे कबड्डी टोलीको बिदाइ

LC (KTM) June 14, 2022 0

काठमाडौं, ३० जेठ :

१९औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा शुभकामनासहित बिदाइ गरेका छन् ।

बिदाइ गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रक्रिया भएको बताए । उनले यो प्रशिक्षण ९औं राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभए पनि खेलाडीहरूको स्तर वृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए ।

सदस्य सचिव घिसिङले खेलाडीहरूलाई अनुशासित रहेर प्रशिक्षण लिन र स्तर वृद्धिका लागि अध्ययन र अनुसन्धानलाई पनि महत्व प्रदान गर्न प्रशिक्षक र खेलाडीलाई सुझाव दिए ।

राष्ट्रिय खेलकुद परिषद्ले १९ औं एशियाली खेलकुदमा सहभागी हुने २३ खेलका पहिलो चरणमा छनोट भएका खेलाडीहरुका लागि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कबड्डीले महेन्द्रनगरमा आफ्नो एक महिने प्रशिक्षण गर्नेछ । १५ सदस्यीय खेलाडी, ४ प्रशिक्षक आजै त्यसतर्फ प्रस्थान गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर