मेयर बालेन राजनीतिक व्यक्ति नभएकाले उनमा आलोचना सहने क्षमता रहेनछ : मुख्यमन्त्री राजेन्द्र पाण्डे — OSNepal

मेयर बालेन राजनीतिक व्यक्ति नभएकाले उनमा आलोचना सहने क्षमता रहेनछ : मुख्यमन्त्री राजेन्द्र पाण्डे

LC (KTM) June 14, 2022 0

काठमाडौं ३१ जेठ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहसँग आलोचना सुन्ने धैर्यता नभएको टिप्पणी गरेका छन् ।

दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका बालेन्द्रले कार्यक्रम नै बहिष्कार गरेको विषयमा आफु अनभिज्ञ रहेको पाण्डेले बताएका छन् ।

काठमाडौंको फोहोर अरू पालिकामा फाल्न नपाउने बताएपछि असन्तुष्ट भएका मेयर बालेन्द्र महानगरवासीलाई लागी गरेको आफुले सहन नसक्ने भन्दै आफु कार्यक्रमबाट बाहिरिएको उनले समाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए ।

काठमाडौंका मेयर राजनीतिक व्यक्ति नभएकाले आलोचना सहने क्षमता नदेखिएको बताएका पाण्डेले भने , ‘उहाँले आफ्नो व्यक्तिगत धारणा राख्नुभएको हो । मैले प्रमुख अतिथिको रूपमा बोल्दा काठमाडौंको फोहोर उठाउने कुरामा आफूहरू जुनसुकै भूमिका निभाउन तयार रहेको स्पष्ट पारेको छु । काठमाडौं पनि बागमती प्रदेशभित्रै महानगर भएकाले यहाँको फोहोरको चिन्ता हामीलाई पनि उत्तिकै छ’ ।

कसैले उनको विरोध नै गर्न नपाउने भए त फेरि अर्को तानाशाही जन्मिने बताएका पाण्डले बालेन्द्रले आलोचना सुन्न सक्ने क्षमता विकास गर्नुपर्ने बताएका छन् ।

देश नै बालेन्द्र भएको भन्दै उनको विषयमा केही बोल्नै नहुने माहोल बनाइदिएकोप्रति चिन्ता व्यक्त गरेका उनले बन्चरे डाँडामा लगेर फोहोर फालेर मात्र हुँदैन, त्यसको उचित व्यवस्थापन पनि गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर