तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल — OSNepal

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

LC (KTM) June 16, 2022 0

काठमाडौं, २ असार:

आजको पात्रो : २, असार २०७९, बिहीबार, १६ जुन २०२२ । असार कृष्णपक्ष द्धितीया तिथि, गर करण, पूर्वाषाढा नक्षत्र, ब्रह्मा योग, चन्द्रमा धनु राशिमा छ । आज बिहान सूर्योदय ०५ः०९ मा भएको छ भने सूर्यास्त ०७ः०२ मा हुनेछ । आज बिहान ११ः३० देखि १२ः३२ सम्म अभिजित मुहूर्त छ । यो समयमा शुभकार्य गर्न सकिन्छ ।

आजका देवता ब्रह्मा र ग्रहदेव मंगल हुन् । बिहीबारलाई बृहस्पतिबार पनि भनिन्छ । आजको दिन अध्ययन, अध्यापन, लेखन र शैक्षिक गतिविधिमा ध्यान दिनु उत्तम हुनेछ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
सामाजिक सेवाको कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ मित्रमण्डलीसँग भेट हुनेछ । परिवारका सदस्यबाट सहयोग हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आकस्मिक धनलाभ हुनेछ । व्यापारव्यवसायबाट सोचभन्दा बढी आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । देवालयको यात्राले मन हर्षित हुनेछ । कसैको मनमा दुःख लाग्ने कुरा नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँनयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकका लागि सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला ।आजको दिन मौन रहनु, नियमित कामबाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी शुभ हुनसक्छ । बिहीबार व्रत गर्नु शुभ हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्नेछ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । कामबाट सफलता प्राप्त हुनेछ । अनावश्यक आरोप लाग्नसक्छ । आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ । कसैमाथि चित्त दुख्ने कुरा नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । चन्द्रमाको साथ रहेको छ । बिहानको सूर्योदयको दर्शन गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काममा मन जानेछ । कामबाट परिवारका सदस्य समेत खुसी हुनेछन् । कसैलाई पनि मन दुखाउने काम नगर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । कुनै नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी वर्गका लागि बिहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर