'चीन जस्तो विश्वको ठुलो देशलाई त ६ जनाले परिर्वतन गरे भने मेरो नगरमा त जम्मा डेढ लाख जनता रहेका छन्, काम गर्न गाह्रो नै छैन' — OSNepal

‘चीन जस्तो विश्वको ठुलो देशलाई त ६ जनाले परिर्वतन गरे भने मेरो नगरमा त जम्मा डेढ लाख जनता रहेका छन्, काम गर्न गाह्रो नै छैन’

LC (KTM) June 16, 2022 0

काठमाडौं २ असार । काठमाडौं स्थित ताकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी मर्हजन एक बौद्धिक आयाम भएका व्यक्ति हुन् । आफु आत्मविश्वासी चालक भएकाले आफ्नो गन्तव्यमा पुग्न कुनै अप्ठ्यारो नपर्ने भन्दै अबको पाँच वर्षमा आफुले प्रतिवद्धता गरेको काम सम्पन्न गरेरै छाड्ने दावी गरेका छन् ।

स्वास्थ्य , शिक्षा , कृषि ,खानेपानी जस्ता आधारभुत आवश्यकतालाई सहजीकरण गर्न आफु तयारी अवस्थामा रहेको बताएका नगर प्रमुख मर्हजन ताकेश्वरवासीका आशाका किरण रहेका छन् । ३० वर्षपछि नेपाली कांग्रेसको विजयी भएको यस क्षेत्रका वासिन्दा भने मर्हजनको जितले गदगद देखिएका छन् ।

आफुमा काम गर्न सक्ने क्षमता भएकाले सबैले विश्वास गरेको बताएका मर्हजनले काम गर्ने कार्यालयमा सबै परिवार भएर काम गरिदै आएको समेत जनाएका छन् । भष्टचार निर्मुल गर्नको लागि आर्थिक पक्षको कुनै पनि कुरामा सहभागि नभएको बताएका उनले नगरवासीले आफुलाई स्वस्च्छ तरिकाले मत दिएर जिताएको बताएका छन् ।

छिमेकी राष्ट्र चिन जस्तो ठुलो राष्ट्रमा त ६ जनाले परिर्वतन गर्न सक्यो भने म त एउटा नगरको प्रमुख हो म सजिलै गर्न सक्छु भन्ने आँट भएका मर्हजन आफुलाई शासक र शोसक नभई सेवक भन्न रुचाउँछन् । प्रमुख कृष्णहरि मर्हजनको अबको पाँच वर्षे योजनाको विषयमा ओएस नेपालकी कविता घिमिरेसँगको कुराकानी :

१.ताकेश्वर नगरपालालिकामा नेपाली कांग्रेस नै किन ? के यस भन्दा अगाडी एमाले नेतृत्वले नगरवासीलाई खुसी नदिएर हो ?
अब वैशाख ३० को स्थानीय तह निर्वाचनले जुन चाँही ताकेश्वरमा बसोवास गर्ने नगरवासीले हिजोको आस्वासन पुरा नभएको अवस्थामा र अब आउने पुस्ताको हिसाबले पनि यो नेपाली कांग्रेसको युवाले केहि परिर्वतन गर्छ , भनेर यस पटक पुर्ण समर्थनका साथ कांग्रेसलाई जिताएको अवस्था छ ।

२. कांग्रेसले पुरै मतदातालाई पैसा दिएर किनेको आरोप लागेको छ नी ? कति पैसा खर्च गर्नुभयो यहाँले ?
यो राजनितिक भ्रम हो । राजनीति भ्रममा मान्छेको पछि लाग्नु हुन्न , वास्तवमा मान्छेको मन र मत चाँही पैसाले खरिद गर्न मिल्दैन । जहाँ मन र मत खरिद गर्न गरिन्छ , त्यहाँ भ्रष्टचार हुन्छ । भष्टचार निर्मुल गर्नको लागि आर्थिक पक्षको कुनै पनि कुरामा सहभागि नभएको स्वस्च्छ तरिकाले यस पटक नगरवासीले मत दिएका हुन् ।

३. नगर सभापतिबाट तपाइलाई ताकेश्वर बासीले नगरको प्रमुख बनाउनु भएको छ, आखिर के तपाईले यहाँको जनताको मत जितेकै हो ?
यहाँको नगरवासीलाई हिजोको मिसज भिजनसँग जाने कुरामा हिजोको गरेका गलत क्रियाकलापबाट जुन वाक्क दिक्क भएर बसेका नगरवासीको अवस्था छ । उहाँहरुले यो सम्पुर्ण गलत कुरालाई चिर्न सक्ने क्षमता भएको नयाँ आयाम तथा परिर्वतन ल्याउन सक्ने हिसाबले पनि नगरवासीले सर्पोट गरेको अवस्था छ ।

४ . तपाईले निर्वाचित भएपछि आफु शोसक र शासक होइन सेवक भएर काम गर्छु भन्नुभएको छ , कुन सिद्धान्तमा रहेर काम गर्दा तपाईलाई जनताले कृष्णहरी हाम्रा सेवक हुन् भन्ने कुरामा गर्भ गर्लान् ?
तपाई आफैले यहाँ देखिरहनु भएको छ । यहाँ भित्र छिर्दा कुनै ढोका लगाइएको अवस्था छैन । जबकी जनताबाट चुनिसकेपछि , नागरिबाट चुनिसकेपछि वास्तवमा त्यो शासक र शोसक हुन सक्दैन । त्यो सेवक नै हुन्छ । त्यो सेवकको कार्य गर्दा हरेक काम ५ देखि १५ मिनेटमा भइरहेको अवस्था छ । यो नै सुशासन व्यवस्था गर्ने विधि हो । यहाँका नगरवासीलाई खुसी बनाउने कुरामा यो नै सेवक हो , जस्तो मलाई लाग्छ ।

५. ५ देखि १५ मिनेटमा काम भएन भने सिधै मेरो कार्यकक्षमा आउनु भन्नु भएको छ । के यो कुरा च्यालेन्जिङ छैन । सुरुबाटै यो गर्न सकिएला त?
यहाँका कर्मचारीलाई कसरी उत्प्रेरणा दिनुहुन्छ छिटो छरितो कामका लागि ?
हेर्नुहोस् , जस्तो गुरु त्यस्तै चेला । एउटा चालक आत्मविश्वासी भयो भने यात्रु सजिलै गन्तव्यमा पुग्न सक्छन् । यदि चालक नै गतिलो परेन भने, यात्रु निश्चित गन्तव्यमा पुग्न सक्दैन । अनि यात्रुमा आत्मविश्वास पनि रहँदैन । त्यसैले म एक आत्मविश्वास चालकका रुपमा आएको छु । मलाई कन्भिडेन्ट छ । म गर्न सक्छु भनेर । यहाँका कर्मचारी परिवार जस्तै छन् । परिवार भएकै कारण सबै खुसी छन् । जसको कारण काम गर्न गाह्रो छैन ।

६. निशुल्क स्वास्थ्य सेवा , प्रविधियुक्त नगरपालिका, उद्यमलाई रुपान्तर गर्ने तपाईको यो योजना पाँच वर्षमा पुरा गर्न सक्नु हुन्छ ?
सामान्यता, यो कुरा के हो भने, हामी ताकेश्वर नगरमा बस्दै गर्दा छिमेकी राष्ट्र चिनको पनि कुरा गर्नुपर्छ । त्यहाँ १ अर्ब ४२ करोड जनसंख्या रहेको देशमा त ६ जनाले परिर्वतन गर्न सक्छन् । यता भारतमा १ अर्ब २५ करोड जनसंख्या भएको देशमा जम्मा ३ – ४ जनाले परिर्वतन गर्न सक्छन् । भने हाम्रो देश नेपालमा २ करोड ६४ लाख जनता रहेका छन् । त्यो मध्येमा पनि ताकेश्वर नगरपालिकामा १ लाख ५३ हजार जनसंख्या रहेका छन् । त्यसमा पनि मलाई ३५ हजार २ सय ८ जनाले मत दिएर जिताएको
अवस्थामा त्यसैले पनि परिर्वतन गर्न कुनै गाह्रो नै छैन । युवाहरुको साथ र सहगोग भयो भने सजिलै
गर्न सकिन्छ ।

७. तपाईलाई पुरै ताकेश्वरवासीले एकदमै आशाको रुपमा लिएका छन् नि के यसलाई जोगाइरहन अरु नयाँ र रचनात्मक काम के के गर्ने योजनामा हुनुहुन्छ ?
तपाईले मेरो पहिलो बैठक हेर्नु भयो होला, सुन्नु भयो होला । मैलै पहिलो बैठकमा नै निणर्य लिइसकेको कुरा सुनिसक्नु भएको छ । अब जेठ ६ गते पहिलो पटक पदभार ग्रहण गर्दै गर्दा मैले प्रत्येक घर घरमा मत माग्दै जाँने क्रममा पानीको मुख्य समस्या देखे र मैलै प्रत्येक घरमा पानी जम्मा गर्ने ट्याङकी राख्ने , यहाँ पानीको यथेष्ट स्रोत भएकाले यसलाई जम्मा गर्ने ।
प्रत्येक घरमा पानी सहितको धारा उपलब्ध गराउने प्रतिवद्धता गरेको छु । यो काम पुरा हुन्छ यसको लागि केहि समय चाहिन्छ । किनभने, यो प्राविधिक विषयमा हो ,सम्बन्धि विज्ञलाई लिएर फिल्डमा जानुपर्छ ।

९. निर्वाचित भएको १ महिना पुग्न लाग्दा पनि तपाई त स्वागत बधाई कार्यक्रममा नै व्यस्त हुनुहुन्छ काठमाडौँका मेयर बालेनले जसरी कामलाई पहिला र सम्मानलाई बिस्तारै गर्ने कुरा तपाईमा आएन ?
सम्मानको कुरामा तपाईले सुनिराख्नु भएको होला , म बिहान साढे नौ बजे भन्दा अगाडीको मात्र कार्यक्रममा सहभागी हुन्छु , भने बेलुका पनि पाँच बजे पछिको कार्यक्रममा मात्र सहभागी हुन्छु । त्यो पनि अब मैले सबै साथीलाई भनिसके म काम गर्न आएको हो । पहिला गर्न दिनुहोस् भनेर । अहिले सम्मान बधाई लिने कार्यक्रम छोडिसकेको अवस्था छ ।

१०. तपाई तरकारी, सामान किन्न बजारमा निस्किनुभएको छ ? यो महंगीले तपाईको टाउको कति दुखेको छ ? महंगी देखेर दिक्क लाग्छ की लाग्दैन ?
यो कुराले मलाई प्रत्यक्ष रुपमा चिन्तित पारेको अवस्थामा छ । यो मेरो नगरवासीको समस्या मेरो समस्या हो । वास्तवमा , यस विषयमा कुरा गर्दा कृषकको विषयमा मैले पनि मध्यनजर गरेको छु । कृषकले पुर्ण रुपमा आफ्नो परिश्रम लिन पाएका छैनन् । यहाँ बिचमा विचौलियाको कारण कृषक मारमा पर्दै आएका छन् । ३० रुपैंयाको गोलभेँडामा १० रुपैंया विचौलियाले लिने, १० व्यापारीले र १० रुपैँयाले कृषकले लिएको अवस्थामा छ । अब विचौलियाको अवस्था हटाएर ताकेश्वर नगरमा बिक्री वितरण गर्ने केन्द्र बनाइयो भने अर्गानिक तरकारी पनि खान पाइने अवस्था आउँछ ।

११. ताकेश्वरको वर्तमान समस्या भनेको अव्यवस्थित प्लटिङको हो जुन तपाईको एजेण्डामा किन परेन ? यसको लागि अब के गर्नुहुन्छ ? ऐजेण्डामा
पर्यावरण सहितको विकास भनिरहँदा खेरी खेती योग्य जमिन त पुरै प्लटिङ भइरहेको छ त यस विषयमा के सोच्नु भएको छ ? की प्लटिङ नै प्राथमिकतामा छ ?
यस विषयमा मैलै पदभार ग्रहण गरेसँगै जेठ १७ गते सुचना नै प्रकाशित गरिसेको अवस्था छ । अहिले कुनै प्लटिङ भएको अवस्था छैन । हाम्रो यो डाँडा कुरुप बनाउने पाखामा डोजर लगाउने सम्पुर्ण कार्य रोकेको अवस्थामा छ । अब सुरु भइसकेको प्लटिङबाट नगरवासीमा पर्न जाने समस्याले मलाई पिरोलेको छ । त्यसको लागि पनि यस भन्दा अगाडी यस्तो काम गर्न स्वीकृत दिने र गर्ने दुवै जिम्मेवार हुनेछन् भनेर मैले भनिसकेको छु । २ रोपनीको प्लटिङ गर्ने भनेर स्वीकृत लिनेर १४ रोपनी प्लटिङ गरेको यो अवस्थामा मैले यस सम्बन्धि सबै
काम रोकिसकेको अवस्था छ ।

१२. तोकेश्वर नगरपालिकामा जुवा तास, लागु पदार्थ दुव्र्यसन, चोरी डैकती लगायतका घटना भइरहन्छन् जुन अन्य नगरपालिकामा भन्दा यहाँ बढी हुन्छ किन ? यस विषयमा के छ हजुरको ऐजेण्डा हरेक दिन यस विषयमा ताकेश्वरको नाम आइहन्छ यस्तो हुनुमा को दोषी ?
यस ताकेश्वर नगर भनेको ७७ वटै जिल्लाका मानिस बसोवास गर्ने स्थान रहेको छ । सबै जिल्लाको मानिस बसोबास गर्ने स्थानमा भएकाले कहिले काँही मान्छे चिन्न समस्या पार्ला यसका लागि केहि समय लाग्ला । यसको लागि हामीले घोषणा पत्रमा होम कोडिङ देखि सबै कुरा गरेका छौं । पहिलो कुरा यो सब हुुनुमा वेरोजार मुख्य कारण रहेको छ । खेतीयोग्य जमिन नास हुुनुमा अर्कोे मुख्य कारण रहेको पनि छ । यसको लागि मैले रोजगारको व्यवस्था गर्ने वातारण मैले बनाएको छु । यसको लागि केहि समय लाग्छ । अब बल्ल मैले पदभार ग्रहण गरेको २५ दिन भएको छ । २५ दिनमा कुनै काया पलट नै गनर्लाई मसँग कुनै जादुको छडी त छैन । तर केहि समयमा ताकेश्वर नगरपालिका साक्षर नगरपालिकका भएको देख्नु हुनेछ । जनचेताना जगाउनु एउटा मुख्य योजना समेत रहेको छ ।

१३. यस नगरपालिकामा थुप्रै पढ्न नपाएका बालबालिका छन् , कसैले पठाउछु भनेर पठाउन पाएका छैन । हामी जस्तो जागिर गरेर आफ्नो बच्चा राम्रो स्कुलमा पठाउछु भन्ने हैसियत नै छैन । के यहाँ भएका सामुदायिक , सरकारी स्कुलको स्तरउन्नोति गरेर प्राइभेट जस्तो बनाउन सकिँदैन । के सोच्नु भएको छ यस विषयमा ?
शिक्षा मेरो पहिलो प्राथमिकतामा परेको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउने कुरा भएको छ । अहिले ताकेश्वर नगरमा २१ वटा सामुदायिक र संस्थागत ६५ वटा विद्यालय छन् । सामुदायिक विद्यालय भनेको गरिबले पढ्ने स्थानमा भनेर चिनिएको छ । गरिबको बच्चा पढ्ने ठाँउ भन्ने वातारणबाट यो सबै वर्गका लागि पढ्ने विद्यालय हो , बनाउन लागि परेको अवस्थामा छ । यसको सुरुवात म आफुबाटै गर्न लागेको छु ,जसको लागि यसको लागि मैले योजना बनाएको छु ।

१४. तपाईकै पार्टीका नेताहरुले भन्दै आएका छन् आफ्नो नाम र बुबाको नामबाट श्रीमतीलाई मेयरको उम्मेदवार बनायो जसले गर्दा हार व्यहोर्नु पर्यो हामीले उम्मेदवार छान्न गल्ती गरेकै हो भनिरहँदा के साँच्चै र्सिजना सिंह अपरिपक्कै उम्मेदवार हो ?
र्सिजना दिदि भनेको विवाह गर्नु अगाडी सक्रिय रुपमा राजनितिमा लागेको नेतृ हुनुहन्छ । उहाँ परिवारको हिसाबले गणेशमानको परिवार आउनु भयो । वास्तवमा, यो मात्र नभएर उहाँ राजनिति गर्ने व्यक्ति पनि हो । यो मुल्यांकन गर्ने कसले कस्तो गर्छ भन्ने हो । सबैलाई सबै कुरा मन नपर्न सक्छ । यदि जितेको भए आलोचना हुने थिएन । र्सिजना दिदिले हार्नु भयो । त्यहीँ भएर यस्तो कुरा बाहिर आएको हो ।

१६. कांग्रेसले नगर वडा जितिरहँदा काठमाडौं महानगरमा बालेन साहको उदय भयो यसलाई के भन्नुहुन्छ महानगरको तपाईहरुको उम्मेदवारमा नातावाद र कृपावाद लागेको त मान्नुहुन्छ नी ?

बालेन साह एक जुजारु युवा हो । जसरी मलाई युवासँग गर्न सक्ने आँट छ भनेर नगरवासीले जिताउनु भयो । त्यसैगरी उहाँ लाई पनि महानगरवासीले विश्वास गरेर जिताउनु भयो । उहाँले विश्वास पाउनु भएको हो । उहाँको एजेण्डा मन पराएर उहाँलाई विकल्पको रुपमा समेत हेरिएको अवस्था छ । उहाँमा सबैलाई समेट्न सक्ने साहास पनि रहेको छ ।

नातावाद कृपावाद भन्दा पनि राजनतिक यात्रामा सँगै हिडँ्दा कहिले काका भतिज, कहिले मामा भान्जा भेट हुन सक्छ यात्राको रुपमा ।देखिने रुपमा नातावादी देखिएको हो । तर राजनिति संघंष र त्यागलाई पनि मुल्यांकन हुनुपर्छ जस्तो मलाई लाग्छ । आफन्तवाद चाँही हो । तर, त्यँहा राजनीतिक मुल्यांकन र त्यागको कुरा पनि आउँछ ।

१७. स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकतालाई निशुल्क वा सस्तोमा लिन दिन सकिने केही उपायहरु छन् तपाईसँग ?
स्वास्थ्य पनि मेरो पहिलो प्राथमितकामा रहेको एजेण्डा हो । हाम्रो साङलामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई २४ घण्टा सञ्चालन गरेर ९८ वटा औषधी निशुल्क वितरण गर्ने योजना रहेको छ । यसो गर्न सकियो भने नगरवासी प्राइभेट जान पर्ने अवस्था आउने छैन ।

१८. अबको पाँच वर्षपछि ताकेश्वरलाई कस्तो बनाउनुहुन्छ ? यहाँ खानेपानीको चरम अभाव छ, नगरै माथि ताकेश्वरको यत्रो जंगल हुँदा पनि पानीकै अभाव देखिइरहँदा किन यो समसइा समयमा समाधान हुन नसकेको ?
हरिणले आफ्नो वास्ना सुघ्न आफै दोडिरहेको हुन्छ , वास्तवमा यो ताकेश्वर नगरपालिका भनेको पनि हरिण नै हो । हामीसँग पानीको स्रोत यथेष्ट छ । तर, पनि हामी पानी भनेर दौडिरहेको अवस्था छ । तर यो सब सरल छ । मान्छे जन्मे पछि मर्छ यो सत्य हो ,कोही मान्छे जन्मिदै गरिब भएर जन्मिदैन , गरिब भएर जन्मिनु उसको दोष पनि होइन । अब पानी खेर गइरहेको स्थानमा
डिपोजिट ट्यांकी राखेर फिल्टर गरिदिने हो , भने पानी वितरण गर्न गाह्रो छैन ।प्राविधिक कार्य भएर समय भने थोरै लाग्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर