नेपालले क्यानडा संग दुई खेलको टि ट्वान्टी र एक दिवशिय क्रिकेट खेल्दै — OSNepal

नेपालले क्यानडा संग दुई खेलको टि ट्वान्टी र एक दिवशिय क्रिकेट खेल्दै

LC (KTM) June 16, 2022 0

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम क्यानडाको भ्रमणमा निस्कने भएको छ ।नेपाल क्रिकेट संघ क्यानले बिहीबार नेपाली टोलीले क्यानडाको भ्रमण गर्ने जनाएको छ ।क्यानडाको भ्रमण दौरान नेपालले घरेलु टोलीसँग दुई खेलको टी-ट्वान्टी र दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।नेपालले क्यानडासँग सुरुआतमा टी-ट्वान्टी सिरिज खेल्नेछ ।

पहिलो टी-ट्वान्टी असार १४ गते र दोस्रो टी-ट्वान्टी असार १५ गते हुनेछ ।यस्तै नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय असार २० र दोस्रो एकदिवसीय असार २१ गते हुनेछ ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको स्कटल्याण्डमा आयोजना हुने त्रिदेशीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गर्न लागेको हो ।लिग टु कै सिरिजका लागि नेपाली टोली यतिबेला अमेरिकाको भ्रमणमा रहेका छन् ।नेपालले स्कटल्याण्डमा आयोजक र नामिबियाविरुद्ध खेल्नेछ । सिरिज आगामी जुलाईमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर