श्रीलंका संग अष्ट्रेलिया २६ रनले पराजित — OSNepal

श्रीलंका संग अष्ट्रेलिया २६ रनले पराजित

LC (KTM) June 16, 2022 0

दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई हराएको छ । बिहीबार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई डीएल पद्दतिको आधारमा २६ रनले हराएको हो । यस जितसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो एकदिवसीयमा अष्ट्रेलियाले श्रीलंकालाई डीएलको आधारमा २ विकेटले हराएको थियो ।

श्रीलंकाले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८९ रन मात्र बनाउन सक्यो ।अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३७ रन जोड्दा ग्लेन म्याक्सवेलले ३० रन बनाए ।त्यस्तै स्टेभेन स्मिथले २८ रन जोड्दा टार्भिस हेडले २३ रन जोडे ।श्रीलंकाका चामिथा करुनारत्नेले ३ तथा धनन्जय डी सिल्भा, दुश्मन्था चामिरा र दुनिथ वेलागेले २-२ विकेट लिए ।

त्यसअघि वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २ सय २० रन जोडेको थियो ।तर, डीएलको आधारमा अष्ट्रेलियाले ४३ ओभरमा २ सय २१ रनको लक्ष्य पाएको हो । श्रीलंकाका कुशल मेन्डिसले ३६ रन जोडे । यस्तै कप्तान डसुन शनका र धनन्जय डी सिल्भाले समान ३४-३४ रन जोडे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर