अनमोल केसीले ७५ लाख पारिश्रमिक लिने फिल्ममा सुनील शेट्टी भिलेन — OSNepal

अनमोल केसीले ७५ लाख पारिश्रमिक लिने फिल्ममा सुनील शेट्टी भिलेन

LC (KTM) June 16, 2021 0

काठमाडौँ । बलिउड चर्चित नायक सुनील शेट्टी नेपाली फिल्ममा खेल्नका लागि राजी भएका छन् । निर्देशक मुकुन्द भट्टले निर्माण गर्न लागेको आगामी फिल्म ‘एक्स ९(लेभल १’मा सुनिलले भिलेनको रुपमा अभिनय गर्न लागेको बताइएको छ ।

चलचिका निर्देशकका अनुसार करिब एक महिना अगाडि शेट्टीसँग फिल्मको बारेमा कुराकानी भएको र छिट्टै नै कागजी सम्झौता गर्ने तयारी गरिएको छ । जसमा उनले दिनको हिसाबले पारिश्रमिक लिने हुँदा हप्ता १० दिनमा उनको सिन सकिने हुँदा ४० लाख भन्दा बढी पारिश्रमिक दिन सहमती भइसकेको बताइइएको छ ।

जसमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिँदैछन् । तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि उनी नेपाल नै आउनेछन् । अनमोललाई ७५ लाख पारिश्रमिक देखि मल्टीकास्ट सम्मको सुविधा निर्माण यूनिटले दिन तयार भएको बताइन्छ । फिल्मको कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक रहेका छन् । फिल्ममा सुनिल र अनमोलका अलावा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने निर्माण पक्षको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर