ब्युटी पार्लरमा गएर अनेक लोभ देखाएका यी आमा छोरीले उठाए ७७ हजारको बिल र भागे — OSNepal

ब्युटी पार्लरमा गएर अनेक लोभ देखाएका यी आमा छोरीले उठाए ७७ हजारको बिल र भागे

LC (KTM) June 18, 2022 0

एजेन्सी -७७ हजारको मेकअप गराएर आमा–छोरी ब्युटी पार्लरबाट फरार भएको अचम्मको घटना बाहिर आएको छ । यो अचम्को घटना हो बेलायतको । २८ वर्षकी पार्लरकी महिलाकोमा आएर आमा–छोरीको रुपमा चिनाएका उनीहरुले मेकअपका साथै बोटक्स ट्रिटमेन्ट र अन्य महँगा ट्रिटमेन्ट गराएका थिए  तर जब ५१० पाउन्ड (७७ हजार रुपैयाँ) तिर्नुपर्ने बेला आयो तब यी दुई एकाएक गायब भएका थिए ।

गायब भए लगत्तै एडम्सले फेसबुकमा एक महिलाको फोटो सामाजिक संजालमा सेयर गरेर जानकारी गराएकी हुन । उनले तस्विर सेयर गर्दै लेखेकी छन् , ‘कृपया चोरको तस्बिर सेयर गर्नुहोस् । दुर्भाग्यले हिजो मेरो क्लिनिकमा यी महिला र उनकी छोरी ब्युटी ट्रिटमेन्टका लागि आएका थिए । तर भुक्तानी नगरीकनै उनीहरु फरार भए । उनीहरुले गरेको कुराकानीको आधारमा उनीहरु आयरिश मुलका हुन् कि जस्तो लागेको छ ।’ पैसा नतिरी फरार भएपछि पार्लरकी मालिकनीले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् ।

एकजना महिलाले आफ्नो ट्रिटमेन्ट गराइन् र वेटिङ रुममा बसिन् । जब अर्की महिलाले पनि ट्रिटमेन्ट गराइन् तब उनले भुक्तानीका लागि अर्की महिलालाई वेटिङ रुममा गइन् । तर केही बेरमा नै त्यहाँबाट दुबै गायब भए उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर